काठमाडौँ, २७ चैत । यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उनलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिए । । सम्मानको राशि एक लाख रहेको छ ।
त्यसैगरी पाँच हजार राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७५’ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै २५ हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७५’ कवि एवं अनुवादक सुमन पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यस्तै ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता–२०७५ पुरस्कार पत्रकार नरेन्द्रराज शर्मा र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७५’ चित्रकार एरिना ताम्राकारलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष जोशीले जानकारी दिए । सबै पुरस्कार यही चैत २८ गते आयोजित कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९