गोरखा, २७ चैत । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गोरखाका ६२ कृषकलाई अनुदान प्रदान गर्ने भएको छ ।
अनुदान प्राप्त गर्न गत आश्विनमा निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरका अनुसार अनुदान छनोटमा परेकामध्ये नमूना कृषि फार्मतर्फ १३, फ्रेसहाउसतर्फ २२ र कषि यान्त्रिकीकरणतर्फ २७ रहेका छन् ।
छनोटमा परेका कृषकले निवेदनका क्रममा प्रस्ताव गरेका योजनाका आधारमा केन्द्रमार्फत मन्त्रालयले पठाएको ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने प्रमुख डा ठाकुरले जानकारी दिए । “केन्द्रले तीन चरणमा कृषकलाई अनुदान उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरेको छ”, उनले भने “पहिलो चरणमा ४० प्रतिशत र बाँकी दुई चरणमा ३०÷३० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।”
छनोटका क्रममा प्राविधिकहरु निवेदकको घरघरमा पुगेर पहिले सम्बन्धित क्षेत्रमा काम गरे÷नगरेको, गरेका भए कति गरेको, घाँसखेती भएको वा नभएको अथवा द्वन्द्वपीडित वा भूकम्पपीडित के हो भन्ने विषयलाई समेत प्राथामिकतामा राखेको उनको भनाइ छ । छनोटमा परेका कृषकसँग चैतभित्र सम्झौता गरी आउँदो असारसम्ममा कार्यक्रम सम्पन्न गर्ने उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०