खैरेनीटार, २६ चैत। ११ औं खैरेनीटार महोत्सवको सहयोगी संस्था कपडा फेन्सी तथा कस्मेटिक व्यावसायिक संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३१ युनिट रगत संकलन भयो।
प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले पहिलो रक्तदाता खैरेनीटार युवा क्लब अध्यक्ष सुजित हिराचनलाई ब्लडव्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे।
कपडा फेन्सी तथा कस्मेटिक व्यावसायिक संस्थाका अध्यक्ष चिरञ्जीवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष बर्मकुमार श्रेष्ठ र सञ्चालन महासचिव जोसिला श्रेष्ठले गरेकी थिइन्।
कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग पुर्याएको थियो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, महोत्सवका मूल संयोजक पूर्णबहादुर कायस्थ, निर्देशक समुद्रराम श्रेष्ठ लगायत महोत्सवका विभिन्न उपसमिति संयोजक लगायतको उपस्थिति थियो। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा चैत २२ देखि सञ्चालित महोत्सवमा दैनिक रुपमा कलाकारको विभिन्न प्रस्तुति हुने गरेको छ।
महोत्सवका प्रवक्ता हरिबहादुर थापाले महोत्सव अवधिभरमा ४ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने जनाए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०