पोखरा, २६ चैत। लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा पिस सिभिकको संयुक्त आयोजनामा पोखरा–२८ माझठाना, रैकरस्थित रत्नशोभा माविमा निःशुल्क स्वास्थ्य शिविर भएको छ। आठ सय ३५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको कार्यक्रममा सम्पूर्ण बिरामीलाई निःशुल्क औषधि वितरण र १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो।
सो अवसरमा मधुमेह, आँखा, पेट, छाती, मुटु, नाक, कान, घाँटी, दाँत, नशा तथा मनोरोग लगायत रोग परीक्षण गरिएको हो।
स्वास्थ्य शिविरमा फेवासिटी हस्पिटलका जनरल फिजिसियन डा सुदर्शन सुवेदी, जनरल फिजिसियन डा विकल लामिछाने, हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मीहरु, बीजी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका नशा तथा मनोरोग विशेषज्ञ डा रामप्रसाद लामिछाने, कास्की सेवा हस्पिटल प्रालिका प्राविधिकहरु, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल हस्पिटलका डा अञ्जल जिसी र प्राविधिकहरु, पोखरा नाक, कान, घाँटी उपचार केन्द्र सृजनाचोकका वरिष्ठ नाक, कान र घाँटी रोग विशेषज्ञ डा राजेन्द्र नेपाली, माझठाना स्वास्थ्य चौकीका प्रमुख झलक ढुंगाना र स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए।
मोतियाबिन्दुको समस्या देखिएका आठ बिरामीको निःशुल्क अप्रेसन गराइदिने प्रतिबद्धता आयोजक क्लबहरूले गरेको जानकारी प्रचारप्रसार समिति संयोजक यज्ञप्रसाद तिवारीले गराए। प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले जहाँ आवश्यकता, त्यहाँ लायन भन्ने भनाइलाई लायन्स क्लबहरुले व्यवहारमा उतारेकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद तिवारी, प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी, डा राजेन्द्र नेपाली लगायतले शुभकामना मन्तव्य दिएका थिए।
जोन चियरपर्सन पवित्रराज तिवारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा लिला भट्टराईले धन्यवाद र लायन्स पोखरा संगमका सचिव एवं कार्यक्रम संयोजक भोलानाथ ओझाले सञ्चालन गरेका थिए।
लायन्स पोखरा पिस सिभिकका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन पिस सिभिकको तर्फबाट तृतीय उपाध्यक्ष रामकृष्ण तिवारी र पोखरा संगमको तर्फबाट सचिव भोलानाथ ओझाले गरेका थिए।
कार्यक्रममा माझठाना पोखरा सम्पर्क समाज, देउराली जनता फर्मास्युटिकल्स, नीरु बराल तिवारी, सामुदायिक सेवा केन्द्र कालिका, विकास लामा गुरुङ, नेपाल रेडक्रस सोसाइटी पोखरा–२८, उपशाखा, स्थानीय स्वयंसेविका लगायतले सहयोग पुर्याएका थिए।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०