लेखनाथमा मनाइयो ट्होंटे

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
tota parba 26_Fotor

ट्होंटे पर्व अवसरमा ङयोए तमु धिं लेखनाथले जातीय भेषभूषसहित मंगलबार निकालेको र्याली। तस्वीर : भीमपाणि बराल/आदर्श समाज

लेखनाथ, २६ चैत। ट्होंटे पर्वलाई ङयोए तमु धिं लेखनाथले पनि मंगलबार विविध कार्यक्रम साथ मनाएको छ।

साविक लेखनाथ नगर क्षेत्रका २१ वटा तमु समुदायहरुले सामूहिक रुपमा आफ्नो सांस्कृतिक पर्व मनाएका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले धर्म र संस्कृति जोगोइराख्न यसप्रकारका पर्वले सहयोग मिलेको बताए। उनले आफ्नो मौलिक संस्कृति र भाषाको संरक्षण गर्नु नै सबैको कत्र्तय भएको बताए।

ङयोए तमु धिं लेखनाथ अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा २९ अध्यक्ष चेतबहादुर गुरुङ, वडा २६ अध्यक्ष नारायणप्रसाद बराल, पूजा व्यवस्थापक वेदबहादुर गुरुङ, सूर्यबहादुर गुरुङ, चुनबहादुर गुरुङ, संयुक्त गोर्खा भूपू सैनिक क्लब अध्यक्ष मेजर रामप्रसाद गुरुङ र र्याली ब्यवस्थापन संयोजक चिनबहादुर गुरुङ लगायतले पर्व मनाउने सुखशान्ति प्राप्त हुने, राक्षस, भूतप्रेत भाग्ने विश्वास व्यक्त गरे।

संस्थाका महासचिव मेघबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष काशीमाया गुरुङले गरेकी थिइन।

कार्यक्रम पूर्व मौलिक संस्कृति झल्किने गरी भेषभषासहितको र्याली निकालिएको थियो।

त्यस्तै, स्याङ्जाबाट आई पोखरा–२६, तालवेशीमा बसोबास गर्दै आएका तमु समुदायले पनि ट्होंटे पर्व मनाएका छन्।

कार्यक्रममा समाजका अध्यक्ष मोहनप्रसाद गुरुङले यस प्रकारको पर्वले सबैबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा समाजका उपाध्यक्ष प्रेमकुमारी गुरुङ, सचिव बलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष क्याप्टेन डिकबहादुर गुरुङ र पूर्व अध्यक्ष मीनबहादुर गुरुङ लगायतले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन सहयोग पुर्याउने बताए।

कार्यक्रम पूर्व गडुवा खोलाबाट सांस्कृतिक र्याली र बाजागाजासहित र्याली निकालिएको थियो। र्याली सृजना बहिरा मावि अघौहुँदै लक्ष्मी मावि, बूढीबजारबाट गुँदे तालमा पुगी पूजापाठसहित समापन गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width