पोखरा, २६ चैत। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलाको आर्थिक सशक्तीकरणमा जोड दिएकी छन्।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको स्वरोजगार कार्यक्रमअन्तर्गत पोखरा महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिको सहकार्यमा पोखरामा आयोजित निःशुल्क आधारभूत व्युटिसियन तालिम मंगलबार उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन्।
उनले भनिन्, ‘जबसम्म महिला अरुको भरमा परेर मागिरहन्छ, तबसम्म ऊ सधैँ दबिइरन्छ। ’
मन्त्री पुनले महिलाले सीप आर्जनसँगै आर्थिक उपार्जन सक्यो भने ऊ घर परिवारसँगै सामाजिक रुपमा पनि अघि बढ्न सक्ने बताइन्। उनले तालिमका प्रशिक्षार्थीहरुलाई सुझाव दिँदै भनिन्, ‘यो तालिम राम्रोसँग सिकेर सदुपयोग गर्नुभयो भने आगामी दिनमा पुनः प्रदेश सरकारले अर्को चरणको तालिमका पनि आर्थिक सहयोग गर्नेछ। ’
उनले तालिमपश्चात आफू सक्षम बनी भविष्यमा राष्ट्रलाई कर तिर्ने नागरिकको रुपमा आफूले हेर्न चाहेको बताइन्।
प्रदेश सांसद समेत रहेकी हङकङ व्युटी इन्स्टिच्युट प्रालि संचालक मीना गुरुङले तालिमले दिने सीपले भविष्यमा केही न केही आयआर्जनको बाटो खुल्ने भएकोले यसको पूर्ण सदुपयोग गर्न सहभागीलाई सुझाव दिइन्। उनले यसबाट आर्जनसँगै नैतिकवान्, चरित्रवान् नागरिक बन्न पनि प्रेरणा मिल्ने बताइन्। उनले विगतदेखि नै असहाय, विपन्न वर्ग तथा कारागार बन्दीलाई निःशुल्करुपमा यस्तो तालिम दिँदै आएको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयले गरेको पछिल्लो सहयोगप्रति आभार व्यक्त गरिन्।
यस्तै, मन्त्री पुनका निजी सचिव चन्द्रमणि सापकोटाले व्यावसायिकतामा जोड दिए। हङकङ व्युटी इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचालन दीपा शर्माले गरेकी थिइन्।
करिब ३ महिना (३९० घण्टा) सम्म चल्ने तालिममा विभिन्न क्षेत्रका ५१ जना महिलाको सहभागिता छ। दीपा थापामगर, सपना गुरुङ र माया गुरुङले प्रशिक्षण दिनेछन्।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०