क्षत्री समाज नेपालको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु सामूहिक तस्वीर खिचाउँदै। तस्वीर : आदर्श समाज
पोखरा, २५ चैत। क्षत्री समाज नेपाल अध्यक्षमा प्राडा दिलबहादुर क्षत्री निर्वाचित भएका छन्।
पोखरामा भएको तेस्रो महाधिवेशनबाट समाजका पूर्व अध्यक्ष समेत रहेका प्राडा क्षत्रीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख समेत हुन्। यस्तै वरिष्ठ उपाध्यक्षमा योगेन्द्र कार्की (काठमाडौ), महिला उपाध्यक्ष खेमकुमारी खड्का (ललितपुर), उपाध्यक्ष कृष्णबहादुर थापा (कास्की), नरबहादुर कार्की (पर्वत), विष्णुबहादुर कार्की (रुपन्देही), प्रेमप्रकाश खड्का (दाङ), लक्ष्मी पाण्डे (कास्की), महासचिवमा केशबहादुर केसी (कास्की), कोषाध्यक्ष रीवबहादुर थापा (कास्की), सचिव हिमाल खड्का (कास्की), सहकोषाध्यक्ष अर्जुनबहादुर बस्नेत (कास्की) चयन भए।
सदस्यमा भरतबहादुर अधिकारी, शंकरबहादुर कुँवर, शेरजंग अधिकारी, हेमा खड्का, अमृतादेवी बानियाँ, बचन कार्की, श्याम कार्की, मनकराम थापा, यशोदा केसी, देवी खत्री, लेखबहादुर कार्की, नेत्रबहादुर बस्नेत, रम्भा कुँवर, मञ्जु खड्का, दुर्गा केसी, विकास खड्का, नीरज क्षत्री, मोहन केसी, श्यामसुन्दर खड्का, यज्ञबहादुर कार्की, उद्धव खत्री, लोकेन्द्र थापा, चन्द्रबहादुर रोका, भोजबहादुर थापा, भरत साउत, उमाशंकर खड्का, प्रेमबहादुर केसी, पृथ्वी फौदार, लालबहादुर अधिकारी, प्रेरणा पौडेल, नुमा थापा, दया बराल, गोमा रायमाझी, यशोदा भट्टराई, मिलन केसी, बोधराज कार्की, अनिरुद्र थापा, विष्णु टण्डन, भूप भण्डारी, रामजी थापा, मित्र केसी, इन्द्र जिसी, अनिता अधिकारी, विष्णु केसी र राजेन्द्र अधिकारी सर्वसम्मत् चयन भएको जानकारी समाजका नवनिर्वाचित अध्यक्ष एवं पत्रकार कृष्णबहादुर थापाले दिए।
नयाँ कार्यसमितिलाई पोखरामा सोमबार आयोजित पदस्थापन समारोहमा निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता रत्नजंग कार्की, सोभियतबहादुर अधिकारी, प्रेमबहादुर जिसी, प्राडा देवेन्द्रबहादुर लामिछाने, प्राडा ज्ञानबहादुर कार्की लगायतले पदस्थापन गराएका थिए। कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ उद्योगी सूर्यबहादुर केसी, पूर्व मन्त्री एवं गण्डकी प्रदेश सदस्य कुमार खड्का, प्रदेश सदस्यहरु कृष्ण थापा, पुष्पा केसी भण्डारी, बिन्दु थापा, समाजका निवर्तमान महासचिव रोमबहादुर कार्की, समाजका गण्डकी प्रदेश प्रमुख बेनीबहादुर बस्नेत, क्षत्री महिला समाजकी सचिव बिमला भण्डारी लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु
गुरुङ सम्पदा पदमार्ग घोषणा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै
पोखरा महानगरको बजेट पारित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१