पोखरा,२४ चैत्र । लायन्स क्लब अफ पोखरा लेकसिटीको वर्ष २०१९÷०२० को अध्यक्षमा नारायण कोइराला चयन भएका छन् ।
कोइराला पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत हुन् । सर्वसम्मत चयन भएको क्ववको प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा काशीनाथ काफ्ले,तृतीय उपाध्यक्षमा सूर्यबहादुर थापा र सचिवमा सुनिल मानन्धर रहेका छन् ।
यसैगरी क्वबको कोषाध्यक्षमा विद्या मर्सानी,सहसचिवमा विश्वमोहन अधिकारी,मेम्बरसीप चियरपर्सनमा नारायण शर्मा,एलसिआइएफ चियरपर्सनमा विन्दुकुमार थापा,क्लब सर्भिस चियरपर्सनमा सूर्य श्रेष्ठ, (सुरज), क्वब मार्केटिङ कम्युनिकेटरमा बैकुण्ठ रञ्जितकार, टेमरमा गणेशमान बुद्धाचार्य र टेलटुइष्टरमा दशरथमान बुद्धाचार्य रहेका छन् ।
क्लबका पूर्वअध्यक्ष मीनराज काफ्ले संयोजक तथा देविजंग गुरुङ र जगदीश गौतम सदस्य रहेको निर्वाचन कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको हो । कार्यक्रममा क्बबका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष रमेश कर्माचार्य तथा राजेन्द्रकुमार बाटाजू लगायतले सामाजिक सेवामा लायन्सको भूमिका र लेकसिटीको दायित्वबारे चर्चा गरेका थिए ।
लायन्स क्वब अफ पोखरा लेकसिटी पोखराको चौथो पुरानो लायन्स क्वब हो । यो क्वबका पूर्व अध्यक्ष दिपक श्रेष्ठले लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ बि १ नेपालको गभर्नर तथा मल्टिपल काउन्सिल चियरपर्सनको भूमिका निर्वाह गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
स्याङ्जामा कर्मचारीको धर्ना
ढिकुरपोखरीमा तीजमेला हुने
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९