क्षत्री समाजको महाधिवेशन शुरु

क्षत्रीहरुमाथि चौतफी प्रहार भइरहेको छ–रुक्मांगत

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
chhetri_Fotor

क्षत्रीशक्ति : पोखरामा शनिबार आयोजित क्षत्री समाज नेपालको तेश्रो महाधिवेशनको उद्घाटन समारोहमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाल, प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसी, देवेन्द्रराज कँडेल, प्रदेश सांसदहरु कुमार खड्का, कृष्ण थापा, बिन्दुकुमार थापा, पुष्पा केसी भण्डारी, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायत अतिथिहरु। तस्विर : आदर्श समाज

पोखरा, २३ चैत। क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन पोखरामा शुरु भएको छ।

महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानसेनापति रुकमांगत कटुवालले क्षत्रीहरुका इतिहास, धर्म र भाषामाथि चौतर्फी प्रहार भैरहेको बताए।

‘इतिहासले, धर्मले एउटा बाटो देखाइदिएको हुन्छ। इतिहासले पाठ सिकाएको हुन्छ। भाषाले सम्पूर्ण जातजाति, भाषिक, धार्मिक रीति जोडिदिएको हुन्छ र यी तीनै कुरा भताभुङ्ग पार्ने चलखेल भइरहेको छ,’ उनले भने, ‘धन र शक्तिमा आएपछि गरीब, पीडितलाई झन् पीडा दिने दम्भ बढेको छ। त्यसविपरीत क्षत्रीहरुले सबैलाई ज्ञान, दान भोकाहरुलाई खान दिन्छन्, पीडितलाई संरक्षण गर्छन् र यो ठूलो जिम्मेवारी नेपाली क्षेत्रीहरुको काँधमा आएको छ। ’

क्षत्री समाजका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले क्षत्री समुदायलाई आदिवासी सूचीबाट हटाउनु संवैधानिक कमजोरी भएको बताए। ‘कुन शक्ति र तत्वले ‘आदिवासी’ शब्द हटाइयो, यसको जवाफ खोज्ने कि नखोज्ने?, ’ उनले भने, ‘यो देशमा कुनै पनि समुदाय आदिवासी हुँ भनेर दाबी गर्छ भने १ नम्बरका आदिम आदिवासी खस आर्य हुन्। यूरोपियन युनियनको भत्ता खाएर, सत्ता र लत्तामा रमाउनेहरु हामीलाई हेप्न पाइँदैन। ’ २०६३ को अन्तरिम संविधानमा नै आदिवासीमा सूचीकृत गरिनुपर्ने मागसहित आन्दोलन गरेको क्षत्रीहरुको माग अधुरै रहेको उनले सुनाए।

पूर्व मन्त्री एवं गण्डकी प्रदेश सांसद कुमार खड्काले क्षेत्रीहरुमा समझदारी, एकता र सहकार्य आवश्यक रहेको बताए।

संघीय सांसद सूर्यबहादुर केसीले जातीय सद्भाव कायम गर्न दलविशेषबाट माथि उठ्नु आवश्यक रहेको बताए। उनले पुनः एकपटक चुनावमा उठ्ने र मतदान गर्दा क्षत्रीहरुले राष्ट्रियता, अखण्डता र देशको लागि ज्यान दिने व्यक्तिलाई जिताउन आग्रह गरे।

विदेशीको डलर खाएर क्षेत्रीहरुको मागमा घूसपैठ भएको उनको आरोप छ।

अर्का सांसद देवेन्द्रराज कँडेलले क्षेत्रीहरुको वीरताको इतिहास जोगाउनुपर्ने बताए।

कार्यक्रममा प्रदेश सांसद बिन्दुकुमार थापा, कृष्ण थापा, पुष्पा केसी भण्डारी, पोखरा महानगरका मेयर मानबहादुर जिसी, क्षेत्री समाजका उपाध्यक्ष योगेन्द्र कार्की लगायतले बोलेका थिए।

महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र शुरु भइ आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गनेर्छ। महाधिवेशनमा सहभागी हुन ५० भन्दा बढी जिल्लाका प्रतिनिधि पोखरा आएका छन्।

समाजका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एवं महाधिवेशन प्रचार संयोजक कृष्ण थापाले गरेका थिए।

उद्घाटन अघि चिप्लेढुंगाबाट निस्केको र्याली न्यूरोड, पृथ्वीचोक हुँदै नयाँबजारस्थित प्रदर्शनी केन्द्र पुगी सभामा परिणत भएको थियो।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width