राईजिङ स्टार युथ क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङलाई सम्मान गरिँदै। तस्वीर : आदर्श समाज
लेखनाथ, २३ चैत। विजयपुर खोलामा बाँध बाँधेर लेखनाथ क्षेत्रको कृषियोग्य भूमि सिंचाइमा सघाउ पुर्याउँदै आएको विजयपुर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाको १८ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।
पोखरा वडा २६, २७, २९ र ३० को करीब १ हजार २ सय ८० हेक्टर समथर भूभागमा यो नहर अन्तर्गत सात वटा सिंचाइ प्रणालीबाट कृषिका लागि सुविधा पुग्दै आएको छ।
साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय पोखराका सिडीई हरिदत्त पौडेलले कृषिबिनाको सिंचाइ काम नहुने भएकाले लगानी गर्दा प्रतिफल सोचेरमात्रै गर्नुपर्ने बताए।
विजयपुर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाको भवन निर्माणका लागि मन्त्रालयले आगामी वर्ष केही बजेट विनियोजन गर्ने आश्वासन समेत उनले दिए।
पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्थानीयको सक्रियतामा नै विजयपुर सिंचाइ प्रणालीको जतन सम्भव हुने र नहर पनि सफा हुने बताए।
उक्त अवसरमा समाजिक सेवाका क्षेत्रमा तथा नहर सफाइमा योगदान पुर्याएकोमा पोखरा–२७, रिठेपानीमा रहेको राईजिङ स्टार युथ क्लबका अध्यक्ष अध्यक्ष विष्णुप्रसाद गुरुङलाई सम्मान समेत गरिएको थियो।
संस्थाका अध्यक्ष प्रयागराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उज्ज्वल आमा समूह अध्यक्ष सरस्वती बराल, सल्लाहकार बसन्तमोहन भट्टराई, कृषि सेवा उपकेन्द्रका रामचन्द्र पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए।
प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी सचिव सीता भण्डारीले संस्थाले गरेका गतिविधिबारे जानकारी गराएकी थिइन्। कार्यक्रममा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९