लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आयोजनामा भएको रक्तदान कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष रमेश ओझालाई ब्लडब्याग हस्तान्तरण गर्दै एसपी ओमबहादुर राना। तस्वीर : भीमपाणि बराल /आदर्श समाज
लेखनाथ, २३ चैत। लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले आयोजना गरेको खुला रक्तदानमा ७३ युनिट रगत संकलन भएको छ।
लायन्स क्लब अफ पोखरा लेखनाथ सिटीको सहकार्यमा भएको सो कार्यक्रममा पहिलो रक्तदाता सेवा केन्द्रका अध्यक्ष रमेश ओझालाई कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरे।
एसपी रानाले सेवाका भावनाले गरिने जुनसुकै कामलाई पनि समाजसेवा भनिने भएकाले सबैले सभ्य समाज निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव राखेका थिए।
समाजमा देखिएको लागुऔषध र विकृतिजन्य घटना न्यूनिकरण गर्नका लागि प्रहरी र जनता हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नागरिक बर्दीबिनाको प्रहरी हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेलले तराई क्षेत्रमा आएको विपतमा पहाडमा बस्ने नेपालीले सहयोग गर्न सके वास्तविक रुपमा नेपालीपन देखिने विचार राखे।
वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सामुदायिक सेवा केन्द्रले युवालक्षित कार्यक्रम मार्फत लागु औषधको नियन्त्रणमा सहयोगीको भूमिका निर्वाह गर्न सक्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा संस्थापक अध्यक्ष मोती गिरी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, लायन्स क्लब अफ पोखरा लेखनाथ सिटीका अध्यक्ष रुद्ररमण रेग्मी र सेवा केन्द्रका सल्लाहकार टीकाराम पंगेनी लगायतले रक्तदान महत्वबारे प्रकाश पारेका थिए।
सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारी र संचालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०