पोखरा, २३ चैत । यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रवद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका सष्ट्रालाई सम्मान गरिएको छ ।
नेपाल श्री पुरस्कार कोष हेमजा पोखरा–२५ कास्की नेपालले शनिबार एक कार्यक्रमको आयोजना गरी आरोहण महाकाव्यका १३ स्रष्टालाई नेपाली श्री वाङ्मय सम्मान अपर्ण गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा गोपिकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाई, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञावली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी रहेका छन् ।
नेपाली महाकाव्यिक क्षेत्रमा नवीनतम प्रयोगका साथ राष्ट्रिय एकता, सम्पदा र सद्भावको प्रवद्र्धन गर्ने आरोहण महाकाव्य रचनामा पु¥याएको योगदानको कदर गर्दै नेपाल श्री वाङ्मय सम्मान २०७५ बाट उनीहरुलाई सम्मान गरिएको हो । उक्त कोषको संरक्षकमा नेपाल श्री महाकाव्यका स्रष्ट जनार्दनशरण त्रिपाठी रहेका छन ्। १३ जना स्रष्टा मिलेर संयुक्त रुपमा २० सर्गमा आरोहण महाकाव्य तयार पारेका हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सह.प्रा.डा.नारायणप्रसाद अधिकारी, नेपाल श्री पुरस्कार कोषका संरक्षक जनार्दनशरण त्रिपाठी, महाकाव्यकार माधव वियोगी र नेपाल श्री पुरस्कार कोषका अध्यक्ष अरुणस्त्तोम त्रिपाठीले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सह.प्रा.डा.नारायणप्रसाद अधिकारीले कृतिको नामबाट पुरस्कार राखेर ऐतिहासिक काम गरेको भन्द्र प्रशंशा गरे । धेरै ठाउँमा व्यक्तिको नामबाट संस्था स्थापना गरी पुरस्कार राख्ने प्रचलन रहेको छ’,उनले भने,तर यहाँ भने कृतिको नामबाट पुरस्कार कोष स्थापना गर्नु यो ऐतिहासिक काम हो ।’ उनले यो सम्मानले नेपाल श्री पुरस्कार कोषको ओझ झनै बढेको बताए ।
उनले सम्मानीत १३ जना स्रष्टालाई बधाई दिदै भाषा संस्कृति र धर्ममा पनि भुईचालो गएकोले यसलाई जोड््ने काम यहि आरोहण समूहलाई गर्न आग्रह गरे ।
महाकाव्यकार माधव वियोगीले छन्द र महाकाव्यको सम्मान भएको बताउदै यो सम्मानले राष्ट्र र समाजलाई सन्देश दिने काम गरेको उल्लेख गरे ।
सम्मानित स्रष्टा राजेन्द्र सुवेदीले सम्मानले भाषा, इतिहास र एकिकरणको सम्मान भएको बताए । ‘१३ जना मिलेर यो ठेली श्रृंखरीकरण गर्न चुनौती थियो’, उनले भने,‘ठूलो चनौतिका बीच पनि निश्कर्षमा पुग्यो र यो महाकाव्य प्रकाश गर्न सक्यौं ।’ देशलाई जोगाउनै सवै लाग्नु पर्ने उनको भनाई थियो ।
नेपाल श्री पुरस्कार कोषका संरक्षक जनार्दन शरण त्रिपाठीले राष्ट्रिय भावनाले ओतप्रोत भएर नै आरोहणका स्रष्टाहरुलाई सम्मान गरिएको बताए ।
कार्यक्रममा आरोहणका स्रष्टा जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, साहित्यकार आवज शर्मा, शिव त्रिपाठी, नेपाल श्री पुरस्कार कोषकी सदस्य छन्दीका त्रिपाठीले बोलेका थिए ।
नेपाल श्री पुरस्कार कोषका अध्यक्ष अरुणस्त्तोम त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा.वावुराम अधिकारीले स्वागत र महासचिव शंकरमणि त्रिपाठी छन्दमणि’ले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको १९७ औं कार्यक्रम दुर्गा मन्दिरमा
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९