मुस्ताङको विद्यालयलाई बैकको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७५
CSR Photos

पोखरा, २३ चैत । गण्डकी विकास बैँकले मुस्ताङ जिल्लाको सौरु गाउँमा आएको बाढी पहिरोले क्षति पु¥याएको सौरु आधारभूत विद्यालयको पूर्ननिर्माणमा आर्थिक सहयोग प्रदान गरेको छ ।

भदौमा आएको वाढीका कारण विद्यालय भत्किएको थियो । बैंकका जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई शनिवार एक कार्यक्रमका बीच ४५०००।–(अक्षरुपी पैतालिस हजार ) को चेक हस्तान्तरण गरेका हुन् ।

समितिका अध्यष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर नपरेको बताए । साथै उनले यस्तो सहयोग स–साना वालवालिकाको शिक्षा र भविष्यसँग जोडीएको बताए ।

बैँकले आगामी दिनहरुमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिदैँ जाने कुरा बैँकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width