जीप दुर्घटनामा १६ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
cbe9b78c07c2e055cb13a7be77ef8b39_L

पोखरा, २२ चैत । स्याङ्जा वालिङ नगरपालिका–७ को बिसौनीको भित्री सडक खण्डमा शुक्रवार दिउसो जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

स्याङ्जाको चापाकोटवाट वालिङ तर्फ आउदै गरेको ग.१ज. ५५२२ नै को जीप दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् । जीपमा १८ जना यात्रु सवार थिए । दुई यात्रु भने सकुशल छन् ।

जीप दुर्घटनामा घाइते ६ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको र अन्य दश जनाको स्याङ्जा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकराी दिएको छ । चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको वारेमा अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width