लेखनाथ, २० चैत । पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा पाँच हजार पाँच सय २८ जना विद्यार्थी दीक्षित भएका छन्।
बुधबार भएको दीक्षान्त समारोहमा विभिन्न संकायका डीन लिष्टमा पर्न सफल चार सय दुई जना विद्यार्थीलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले दीक्षित गरे।
उनले अहिलेको शिक्षा प्रणालीमा नैतिक शिक्षा अभाव रहेकाले आदर्श र मर्यादापूर्ण विद्या आर्जनको सट्टा बन्द, हड्ताल र आन्दोलनले प्रश्रय पाएकोमा दुःख ब्यक्त गरे।
शिक्षा एउटा माध्यम हो। जसले मानिसलाई ज्ञान प्राप्तिमा सहयोग पुर्याउँछ। प्राज्ञिक ब्यक्तिहरु राष्ट्र निर्माणको अभियानमा सहयोगी भएर लाग्नुपर्छ, उनले दीक्षित विद्यार्थीलाई सुझाव दिए। विश्वव्यापी रुपमा नै बजारमुखी बनेको शिक्षा प्रणाली सरलीकृत बनाउन यान्त्रिकीकरण गरिनुपर्नेमा समेत उनले जोड दिए।
विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मानव जातिको एउटा अनमोल सम्पति हो भने। उनले विश्वविद्यालय सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीप सिक्ने तथा सिकाउने थलो भएकाले मानव जातिलाई सभ्य, दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता रहेकोमा जोड दिए।
अबको शिक्षा विदेश जाने लाइसेन्स नबनोस् भन्दै उनले स्वदेशमै केही गरौं भन्ने सोचले उत्पादनशील कार्यको नयाँ बाटोतर्फ उन्मुख हुन समेत उनको सुझाव दिए।
दीक्षान्त समारोहमा अनुपस्थित विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पढेर सुनाइएको थियो।
सोही अवसरमा २०७५ सालको ओसीम गोल्ड मेडलबाट कम्प्युटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा बढी अंक ल्याउने नवीनकुमार कलवारलाई सम्मान गरिएको थियो। यस्तै, स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्न सफल विज्ञान तथा प्रविधि संकायका सुशील तिमिल्सेना र व्यवस्थापन संकायकी दीब्याज्योति पण्डितलाई कुलपति पदक र स्नातक तह व्यवस्थापन संकायका प्रनिसा घिसिङलाई उपकुलपति पदक प्रदान गरियो।
त्यसैगरी, लक्ष्मी हाउस पोखराले स्थापना गरेको लक्ष्मी विद्या पदकबाट ब्यवस्थापन संकाय व्यवसाय प्रशासनमा सीजीपीए ४ ल्याउने दीव्याजोति पण्डित पुरस्कृत भइन्।
विश्वविद्यालयले हाल ४ संकाय व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ। आंगिक महाविद्यालयका रुपमा ४ स्कुल तथा संयुक्त आंगिक महाविद्यालयमो रुपमा ३ वटा शैक्षिक संस्था छन् भने सम्बन्धनप्राप्त महाविद्यालय ५८ छन्। आंगिक महाविद्यालयहरुमा स्नातक तहमा १४ वटा कार्यक्रम, स्नातकोत्तर तहमा ११ वटा कार्यक्रम र विद्यावारिधि तहमा २ सहित २७ वटा कार्यक्रम संचालन हुँदै आएको छ। आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयमा कुल मिलाएर ५८ वटा कार्यक्रम संचालन भइरहेका छन्।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९