सेमेस्टर प्रणालीको प्रभावकारिता बढाउनुपर्नेमा जोड

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५

हेमजा, २० चैत। सेमेस्टर प्रणलीको प्रभावकारिता बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।

नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको ‘सेमेस्टर प्रणाली र यसको प्रभावकारिता’ विषयक कार्यशाला गोष्ठीका वक्ताले सो कुरामा जोड दिएका हुन्।

प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोग सदस्य सचिव प्राडा देवराज अधिकारीले शैक्षिक गुणस्तर वृद्घि गर्न सेमेस्टर प्रणाली लागू गरिएको बताए। उनले सेमेस्टर प्रणलीको मर्म आत्मसात गर्दै त्यसको प्रभावकारिता बढाउन सहभागी विभागका प्रतिनिधिसमक्ष आग्रह गरे।

भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख प्राडा लालुप्रसाद पौडेलले त्रिविमा सेमेस्टर प्रणाली विगत र वर्तमान, विभागीय प्रशासन समावेशी शिक्षा केन्द्रीय विभागका प्रमुख प्राडा बासुदेव काफ्लेले शिक्षामा सेमेस्टर प्रणालीः राष्ट्रिय अन्तराष्ट्रिय परिदृश्यबारे कार्यपत्र पेस गरे। यस्तै, केन्द्रीय नेपाली शिक्षा विभागका पूर्व विभागीय प्रमुख प्राडा रामचन्द्र लम्सालले कोश विज्ञानका परिप्रेक्ष्यमा शब्दकोशको सामान्यस्वरुपः एक चर्चा विषयमा कार्यपत्र पेश गरेका थिए।

त्यसैगरी नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले अनुवादविज्ञान, प्राडा यदुनन्दन उपाध्यायले नेपाली भाषाका नीतिगत आधारहरु, सहप्राडा बाबुराम अधिकारीले भाषाप्राप्ति र भाषाआर्जनका प्राक्कल्पनाहरु एवम् उपयोगिता, उप प्राध्यापक चोलाकान्त ओझाले सेमेस्टर प्रणाली समस्या र समाधान, नेपाली केन्द्रीय विभागका सदस्य उपप्राडा अशोक थापाले शैलीविज्ञान सिद्घान्त र प्रयोग एवम् शैक्षणिक उपयोगिता शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उनीहरुले सेमेस्टर प्रणाली बार्षिक शिक्षा प्रणलीको प्राज्ञिक विभाजन भएको, शैक्षणिक रणनीति भएको जनाउँदै यस प्रणालीले शिक्षक र विद्यार्थीको क्रियाशीलता बढी खोज्ने गरेको औँल्याए। उनीहरुले सेमेस्टर प्रणालीलाई सबै नेपाली विद्यार्थीको पहुँचमा पुग्ने गरी कार्यान्वयन पक्ष बलियो बनाउन सुझाव पनि दिए।

विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले कार्यक्रम पारेकोमा विश्वविद्यालय अनुदान आयोगप्रति आभार प्रकट गर्दै सेमेस्टर प्रणालीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए।

विभागीय सदस्य सहप्राडा नरहरि उपाध्याय गौतमले शिक्षामा गुणात्मकता खोजी गर्ने उद्देश्यले यो प्रणाली आएको भनाइ राखे।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा, प्राडा रामचन्द्र लम्साल, डा यमनाथ तिमिल्सिना, विभागीय सदस्य थानेश्वर सुवेदी, सुरज पौडेल, हरि गिरी, डा लक्ष्मीशरण अधिकारी, बोधराज ढकाल, गणेश शर्मा, परशुराम कोइराला, हिममाया पौडेल, डा नारायणप्रसाद पन्त, प्राडा ज्ञानबहादुर कार्की लगायत बोलेका थिए।

त्यस अवसरमा उपप्राध्यापक विष्णु शर्मा, बोधराज ढकाल र केशवशरण पराजुलीले प्रतिवेदकको भूमिका निर्वाह गरेका थिए।

विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम उपप्राध्यापक विन्दु पौडेल, शिवकुमारी अधिकारी, सुलोचना खनाल र नारायणी पौडेलले संयुक्त रुपमा संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width