शैक्षिक एवं धार्मिक महोत्सवको आय–व्यय सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
sahid hariprasad school progrem photo_Fotor

हरिप्रसाद आधारभूत विद्यालयमा भएको महोत्सवबाट संकलित रकमको चेक विद्यालयलाई हस्तान्तरण गर्दै महोत्सव मूल आयोजक समिति। तस्वीर : श्रीभद्र पौडेल/ आदर्श समाज

हेमजा, २० चैत। माछापुच्छे« गाउँपालिका–८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा भएको शैक्षिक एवं धार्मिक महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।

महोत्सव मूल आयोजक समितिले बुधवार विद्यालयमा पत्रकार सम्मेलन गर्दै महोत्सवमा एक करोड १४ लाख २६ हजार ६ सय ७१ आम्दानी भएकोमा ५५ लाख ९४ हजार २ सय २७ खर्च भएको जनायो। यस्तै, १२ लाख ५३ हजार १ सय ६१ उठ्न बाँकी रहेको महोत्सव संयोजक ललितमान गुरुङले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य नवीन रानामगरले सबैको सद्भावबाट महोत्सव सफल भएको भन्दै महोत्सवको उद्देश्य परिपूर्ति गर्न सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिए।उनले विद्यालयको शैक्षिक भविष्यको कामना पनि गरे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले विद्यालयको सर्वाङ्गीण विकासमा लागि महोत्सव गरिएको जानकारी दिँदै शहीद परिवारका बालबच्चालाई पठनपाठनमा विशेष प्राथमिकता राखिने बताए। उनले विद्यालयले आर्थिक हिनाबिना नगर्ने स्पष्ट पार्दै अभिभावकलाई विद्यालयप्रति चासो राख्न आग्रह पनि गरेका थिए।प्रधानाध्यापक बलराम रानाभाटले महोत्सवमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिएका थिए।विद्यालयले ढिलै भए पनि महोत्सवको उद्देश्य पूरा गरेरै छाड्ने उनको दृढता थियो। उनले महङ्गो शिक्षाको अन्त्य गरी सर्वसुलभ शिक्षामा ध्यान दिन पनि गाउँलेलाई सुझाएका छन्।

त्यस अवसरमा महोत्सवका आर्थिक संयोजक बाबुराम पौडेल, नेपाली काँग्रेस वडा सभापति समबहादुर गुरुङ लगायतले धारणा राखेका थिए।

कार्यक्रमबीच महोत्सव मूल आयोजक समितिले विद्यालयलाई संकलित रकम हस्तान्तरण गरेको थियो भने सम्मान गर्न बाँकी दानवीरलाई सम्मान पनि गरिएको थियो।त्यस्तै विद्यालयले मूल आयोजक समितिलाई सम्मान पनि गरेको थियो।

महोत्सव मूल आयोजक समिति संयोजक ललितमान् गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम रानाभाटले स्वागत तथा शिक्षकद्वय टीकाराम गौतम र जयलाल पौडेलले संयुक्त रुपमा संचालन गरेका थिए।

महोत्सव गत असोज १२ गतेदेखि २० गतेसम्म संचालन भएको थियो।

Related News

सम्बन्धित समाचार

  • तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा, २ भदौ । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट सुरेन्द्र गुरुङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत…
  • ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    लमजुङ, १ भदौ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनले नवराज पहाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।…
  • सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    पोखरा । गण्डकीका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले समाजमा भएका विकृति, विसंगति न्युनीकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको…
  • लक्ष्य बढी मुद्दा फछ्र्यौट

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    वालिङ । स्याङ्जा जिल्ला अदालतले लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष २०७८/०७९ का लागि ७…
  • गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । २०७२ को विनासकारी गोरखा भूकम्पका कारण घर भत्किएका पीडितलाई राख्न सरकारले पालुङटारमा साढे १५ करोड लागतमा १ सय…

hero news full width