मदरल्यान्डमा एसइईमा सहभागी विद्यार्थीको बिदाइ

एजेन्सी
चैत्र २०, २०७५
motherland_Fotor

पोखरा, १९ चैत। ‘सबैका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ स्थापना भएको मदरल्यान्ड माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी विद्यार्थीलाई मङ्गलबार विद्यालयले बिदाइ गरेको छ।

विद्यार्थीतर्फबाट छात्रद्वय सुरज आचार्य र कल्पना आचार्यले सङ्घर्षको आनन्द प्रस्तुत गर्दै आत्मीयता, ममता र ज्ञानको ज्योतिले सधैँ समीपमै रेहेको अनुभूतिका साथ भविष्यको रेखा कोरिदिने गुरुवर्ग, दस कक्षासम्मको शैक्षिक दौडानमा रहेका मित्रहरू, विद्यालय प्रशासन सबैलाई हार्दिक आभारका साथ धन्यवाद प्रकट गरेका थिए।

यस वर्षको एसइईमा सहभागी सम्पूर्ण विद्यार्थीलाई अग्रिम बधाई तथा शुभकामना दिँदै विद्यालयका संस्थापक निदेर्शक त्रिभुवन शर्माले मदरल्यान्डले रचेको सुनौलो इतिहास र असल संस्कारलाई अहिलेका विद्यार्थीले पनि निरन्तरता दिने कुरामा विश्वास व्यक्त गरे।

उनले बिदाइ कार्यक्रम केवल औपचारिकता मात्र भएकाले यस समयलाई छोटो ब्रेकका रूपमा लिँदै कक्षा ११ को शैक्षिक यात्रामा पनि भेटिन सकिने विश्वास व्यक्त गरे। उक्त अवसरमा विद्यार्थीले विविध मनोरञ्जनका विविध कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

उपस्थित सम्पूर्ण विद्यार्थीलाई अविर लगाई खादा ओढाएर मायाको चिनोका साथ बिदाइ गरिएको उक्त कार्यक्रमको सञ्चालन मावि इञ्चार्ज तथा सामाजिक अध्ययन विभागका प्रमुख टेकनाथ पौडेलले गरेका थिए।

विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली विभागीय प्रमुख डण्डपाणि सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width