माटेपानीमा वर–पीपल चौतारी पुनःनिर्माण

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७५
image3

पोखरा १६ चैत । पोखरा– १२ माटेपानीमा रहेको वर–पीपल चौतारीको पुनःनिर्माण गरिएको छ ।

पुन निर्माण गरीएको वर–पीपल चौतारीको पोखरा–१२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उद्वघाटन गरेका छन् । प्रमुख अतिथि कार्कीले चौतारीको संरक्षणमा जोड दिदै चौतारीमा रोपीएका वर–पीपलको जोगाउनु टोलवासीको कतव्य हुने बताए ।

वर–पीपल चौतरी निर्माण समितिका अध्यक्ष केशव बास्तोलाकोे अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य चौतारी पुनः निर्माण समितिका उपाध्यक्ष अम्विका बास्तोलाले गरेकी थिइन । उक्त अवसरमा समाजसेवी ऋषिराम लामिछानेले, भद्रकाली मन्दिर सेवा समितिका पूर्वअध्यक्ष मेजर रामबहादुर कार्कीले अग्रजहरुले निर्माण गरेको माटेपानीको वर–पीपल चौतारी पुनः निर्माण भएकोमा खुशी व्यक्त गरे ।

चौतारी निर्माण समितिका कोषाध्यक्ष तारापति भट्टराईले तीन लाख चउन्न हजार दुई सय अठचालीस रुपैयाँको लागतमा चौतारो पुन निःमाण गरिएको जाकारी दिर्दै आय ब्यय सार्वजनिक गरेका थिए । कार्यक्रम संचालन टोल विकास संस्थाका सचिव बलबहादुर केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width