चैत १५ लेखनाथ । स्याङजा जिल्लाको चापाकोट नगरपालिका– ४ स्थित एतिहासिक लगदा गाउँको चिनारी नामक पुस्तक प्रकाशित भएको छ ।
स्थानीय सृजनशील ब्यक्तित्व रुकबहादुर गुरुङद्वारा लेखित पुस्तकको शुक्रवार एक कार्यक्रमका वीच गण्डकी प्रदेश सासंद मिना गुरुङले विमोचन गरेकी हुन् । पुस्तक विमोचनगर्दै सासंद गुरुङले आफनो गाँउठाउँको विकासका लागि स्वयम स्थानीयबासी नै सक्रियपूर्वक अगाडी बढ्नु पर्नेमा जोड दिइन् ।
पुरातन सोचको अन्त्यगरी नयाँ सोचका साथ अगाडी वढ्नु नै समृद्व नेपाल सुखी नेपालीको परिकल्पना भएकाले राम्रो कामको शुरुवातलाई सवैले साथ र प्रशंसा गर्नु पर्ने धारणा उनको थियो । लगदा पोखरा सम्पर्क समितिका अध्यक्ष झलेन्द्रमान गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष हुमवहादुर गुरुङ, पेशागत बीमा अभिकर्ता संघ एल आई सी नेपालका केन्द्रीय सचिव केदारनाथ अधिकारी, चापाकोट नगरपालिका–४ का वडाअध्यक्ष बिक्रम सारु मगर लगाएतले प्रकाशित पुस्तक लगदा गाउँका लागि अभिलेखका रुपमा रहेको बिचार व्यक्त गरेका थिए।
पुस्तका लेखक रुकवहादुर गुरुङको ४६ औं जन्मदिवसका अवसरमा प्रकाशित पुस्तकका बारेमा स्थानीय समाजसेवी सन्तबहादुर गुरुङले जानकारी गराएको सो कार्यक्रमको संचालन सम्पर्क समितिका सचिव रामबहादुर गुरुङले गरेका थिए भने स्वागत मन्तव्य मेघबहादुर गुरुङले राखेका थिए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
गैंडाकोटमा कविशिरोमणिको स्मरण
hero news full width
मुख्य समाचार
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
पौष २८, २०८१