ओमको सहकार्य

एजेन्सी
चैत्र १५, २०७५
om_Fotor

पोखरा, १४ चैत। ‘पोखरामा प्रमोद खरेल’ मा बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंकले सहकार्य गरेको छ। कार्यक्रमको व्यवस्थापक कम्पनी बार्दली मिडिया प्रालिसँग बैंकले व्यावसायिक सहकार्य गर्ने सम्झौता गरेको हो।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसँगै सहायक प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल र बार्दली मिडिया प्रालिको तर्फबाट प्रबन्ध निदेर्शक मन क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ‘कार्यक्रमको सहयोगीको रुपमा हामी आउन पाउँदा खुसी छौँ,’ सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले भने ।

बार्दलीका प्रबन्ध निदेर्शक मन क्षेत्रीले बैंकिङ पार्टनरको रुपमा ओम डेभलपमेन्टलाई इभेन्टमा ल्याउनु सुखद भएको प्रतिक्रिया दिए।

पोखरा सभागृहमा चैत २२ मा ‘पोखरामा प्रमोद खरेल’ सांगीतिक कार्यक्रम हुँदैछ।

Related News

सम्बन्धित समाचार

  • ‘आधा शिर उचालेर’ को चर्चा

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । कवि ज्योति जंगलको कविता कृति ‘आधा शिर उचालेर’ माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको…
  • ‘केपी ओली’ नामक भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०७९
    पोखरा, २२ कात्तिक । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सहसंयोजक विकास अधिकारीले चुनाव केन्द्रित ‘केपी ओली’ नामक गीति भिडियो…
  • लेखक संघ गण्डकीमा ईश्वरमणि अधिकारी

    आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७९
    पोखरा ।  नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन तथा गण्डकी काव्य गोष्ठी सम्पन्न भएको छ । अधिवेशनले डा. ईश्वरमणि…
  • मुकुन्दशरणलाई माधव वियोगी पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७९
    पोखरा । पोखरेली स्रष्टा छन्दनायक एवं महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार कविवर मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने…
  • गण्डकी बहुप्राविधिक शिक्षालयमा वादविवाद सम्पन्न

    आदर्श समाज सम्वाददाता कार्तिक १७, २०७९
    पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । ‘सामाजिक सञ्जाल अभिशाप नभई वरदान’ शीर्षकमा सो वादविवाद…

hero news full width