सहकारी बैंक मार्फत बजेट परिचालन गर्न आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५
abauau (1)

तनहुँ, १४ चैत । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय दमौलीले तनहुँको आबुखैरेनीमा एक दिन क्षेत्रीय अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न गरेका छ ।

अन्तरक्रिया कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका इन्चार्ज रामबहादुर जिसीले सहकारीहरुको प्रवद्र्धनका लागि बैंक वित्तीय सहयोगका साथै क्षमता विकासमा समन्वय गर्दै आएको बताए ।

सहकारी संघ संस्थालाई सीप, प्रविधि र वित्तीय सहयोग गरी आफ्ना सदस्यहरुलाई उत्पादनमा लगाउन प्रेरित गर्ने, उत्पादित वस्तुको संकलन, बजारीकरण र प्रशोधनका काम सहकारीहरुले गर्नु पर्नेमा जिसीको जोड थियो ।

उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्ने सहकारीहरुको प्रवद्र्धनका लागि राज्यले सहकारी क्षेत्रको बजेट बैंकमार्फत परिचालन गर्नु पर्ने उनको माग थियो ।

कार्यक्रमका सहभागीहरुले सदस्य संघ संस्थाहरुबाट संकलित पूँजि बैंकले परिचालन गरेकोले ब्याजदर महंगो भएको भन्दै राज्यले सहकारी क्षेत्र र गरिवी निवारणका क्षेत्रमा गर्ने सम्पूर्ण लगानी सहकारी बैंकमार्फत गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए ।

संविधानले ३ खम्बे अर्थनीति अन्तरगत सहकारीलाई राखे पनि योजना निर्माणमा सहकारी क्षेत्रलाई अझै प्राथमिकतामा नपारेको सहकारीकर्मीहरुको गुनासो थियो । सहभागीहरुले छिटो भन्दा छिटो गोर्खामा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न माग गरेका छन् ।

कार्यक्रममा उपभोक्ता सहकारी संघ लिमिटेड गोर्खाका अध्यक्ष रिखिराज द्यौराली, राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका सदस्य जीवनाथ अर्याल, आवु खैरेनीस्थित मनकामना बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष भगवान मल्ल लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरको अध्यक्षता र सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वी तनहुँ र गोरखाका २६ सहकारी संस्थाका ३७ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width