१२औं राष्ट्रिय बुद्ध सम्मेलनको तयारी

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५
buddhha_1456374669

लमजुङ, १४ चैत । लमजुङमा १२औँ राष्ट्रिय बुद्ध सम्मेलनको तयारी गरिएको छ ।

धर्मोदय सभा केन्द्रीय कार्यलय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा दुई दिने राष्ट्रिय बौद्ध सम्मेलन गरिने भएको हो ।

सम्मेलनको तयारीका बारेमा वेसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी लिइएको हो । सम्मेलन चैत २३ र २४ गते जिल्ला सदरमुकाम बेसीशहरमा गरिने र त्यसको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने धर्मोदय सभाका केन्द्रीय उपाध्यक्ष डा.केशवमान शाक्यले बताए । उनका अनुसार यो धर्मादय सभाको नियमित कार्यक्रम हो । लमजुङमा भने यो सम्मेलन पहिलो पटक गरिने भएको आयोजकको भएको हो ।

उक्त सम्मेलनका सफल बनाउनका लागि एक हजार एब जनाको मुल समारोह समति गठन गरिएको धर्मोदय सभाको सम्मेलन व्यवस्थापन समितिका संयोजक गमप्रसाद गुरुङले बताए । उनका अनुसार सम्मेलनलाई व्यवस्थित बनाउन विभिनन २१ ओटा उपसमिति गठन गरिएको छ ।

यो बौद्ध सम्मेलनबाट यस जिल्लामा फष्टाउँदै गरेको ग्रामीण पर्यटन विकासमा थप सहयोग पुग्ने धर्मोदय सभाका केन्द्रीय उपाध्यक्ष डा.केशवमान शाक्यले बताए । उनका अनुसार लमजुङ जस्तो पहाडी जिल्लामा यो सम्मेलन पहिलोपटक हुन लागेको हुँदा यसको महत्व विशेष रहने छ । यो राष्ट्रिय सम्मेलन लमजुङकोे धार्मिक पर्यटन अभिवृद्धिका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गर्दै डा. शाक्यले त्यसैले पनि यो सम्मेलन सबै हो र यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक छ भने ।

सम्मेलनका अवसरमा शान्ति पद यात्रा गरिनुका साथै वुद्धहरुको सरोकार र भुमिका वारे कार्यशाला गोष्ठी हुने लमजुङ गृह जिल्ला रहेका धर्मोदय सभाका केन्दिय उपाध्यक्ष इन्द्रबहादुर गुरुङले बताए । उनका अनुसार शान्ति र अहिँसाको प्रतिक गौतम वुद्धवारे धेरै नेपालीलाई समेत ज्ञान नभएको हँदा राष्ट्रिय रुपमा वुद्ध सम्मेलन गर्न लागिएको हो ।

उक्त कार्यक्रमको चैत २३ गते विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट समापन हुने कार्यक्रम तय गरिएको धर्मोदय सभाको सम्मेलन व्यवस्थापन समितिका संयोजक गमप्रसाद गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width