स्वास्थ्य कार्यालयको उद्घाटन

रासस
चैत्र १४, २०७५
download

बेनी, १४ चैत । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्वाटन गरिएको छ ।

सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।

नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्वाटन गरेकी हुन् । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकारमातहत रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालीम सञ्चालन, औषधि आपुर्तिसँगै अन्तरपालिका समन्वयको काम गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले जानकारी दिए ।

कार्यालयलाई यस वर्ष प्रदेश सरकारमार्फत कूल रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । कार्यालयको उद्वाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल र बेनी अस्पतालका निमित्त प्रमुख डा मनोज घिमिरेले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width