सप्तगण्डकी क्षेत्रमा बसेर लिएको सती ब्रत ‘अन्तिम अभिलाषा’ : डा. जगमान

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
20190325_161638_Fotor

साहित्यकार एवम् पुस्तक व्यवसायी रमा पराशरको आत्मकथा ‘अन्तिम अभिलाषा’ लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र संस्कृतिकर्मी चेतन कार्कीलगायतका अतिथि। तस्वीरः आदर्श समाज

पोखरा, ११ चैत। सोमवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले सप्तगण्डकी क्षेत्रमा बसेर लिएको सती ब्रत नै ‘अन्तिम अभिलाषा’ भएको धारणा व्यक्त गरेका छन्।

साहित्यकार एवम् पुस्तक व्यवसायी रमा पराशरको आत्मकथा ‘अन्तिम अभिलाषा’ लोकार्पण समारोहका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।

मकालु पब्लिकेशन हाउस आयोजक र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की सहआयोजक रहेर आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ र संस्कृतिकर्मी चेतन कार्कीले संयुक्त रुपमा लोकार्पण गरे।

प्रमुख अतिथि डा गुरुङले रमा पराशरको छाया पोखराका सन्दर्भमा फेवातालमा माछापुच्छ्रेको जस्तै रहेको बताए। उनले सप्तसिन्धू पञ्जाव जन्मभूमि भएकी पराशर कर्मभूमि सप्तगण्डकी क्षेत्रको पोखरामा बसेर लिएको सती ब्रत नै अन्तिम अभिलाषा भएको बताए।

गुरुङले पराशरलाई दूरदराजबाट आएकी महिलाले यति धेरै सामाजिक कार्य गर्न सक्छिन् भन्ने सबैकी प्रेरणाकी स्रोतका रूपमा चिनाउँदै अब विदेशी भन्न नहुने बताए।

संस्कृतिकर्मी चेतन कार्कीले पछिल्लो समय आत्मकथाका नाममा आत्मप्रशंसा र झुटको पुलिन्दा मात्रै लेखिएका बेला रमाको सत्य आत्मकथा लेख्ने आँट आफैंमा प्रशंसनीय भएको धारणा राखे।

प्राज्ञ तीर्थ श्रेष्ठले रमाले आफ्नो आत्मकथामा पोखरेली आत्मियतालाई उदारतापूर्वक उद्घोष गरेको धारणा राखे। उनले रमाको साहित्यक यात्रालाई अगाडि बढाउन आफूले पोखरेली युवा सांस्कृतिक परिवारको सदस्य तथा साहित्य संयोजकसमेत बनाएको स्मरण गरे।

नेपाल प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य तथा लोकसंगीत विभाग विभागीय प्रमुख हरिदेवी कोइरालाले रमालाई समाजसेवा र साहित्य सेवाका नामबाट प्रेमको पूजा गरिरहेकी प्रेमकी पुजारीका रूपमा चिनाइन्।

लायन्स क्लब ३२५ बी १ का पीएमसीसी प्रेमबहादुर श्रेष्ठले राजन पराशरसँगको सहयात्रा स्मरण गर्दै रमा र राजनको लोकप्रियताका कारण हरेक कार्यक्रमलाई आफूहरूले महोत्सवका रूपमा लिने गरेको बताए।

लायन्स क्लब ३२५ बी १ का पूर्व गभर्नर धनराज आचार्यले स्रष्टा परिचय राख्दै रमाको परिवारलाई आफ्नै परिवारका रूपमा चिनाए। उनले पुस्तक पढ्दै गर्दा लेखनको पृष्ठभूमिको परिवेश आफ्नै घरबाट भएको पाउँदा आफूलाई हर्षानुभूति भएको बताए।

कृति समीक्षा गर्दै डागर स्मृति प्रतिष्ठान नेपाल सदस्य असफल गौतमले रमा पराशरको जीवन नै खुला पुस्तक रहेको बताउँदै कसैलाई घात नगर्ने स्रष्टाका रूपमा चिनाए। समीक्षक असफलले थपे, ‘रमाको मनमस्तिष्कमा घातप्रतिघातको सोच नभएका कारण मजदूरदेखि मालिकसम्म सबैकी प्रिय पात्रका रूपमा रहेकी छन्।’

स्रष्टा रमा पराशरले पुस्तक लेखन, अनुवाद, सम्पादन, प्रकाशन र लोकार्पण सन्दर्भसम्म आइपुग्दा सबैले पुर्याएको योगदान चिरस्मरणीय रहेको बताइन्। उनले पोखरेलीले आज जसरी माया दिएका छन् भोलि पनि त्यसरी नै साथ रहोस् भन्ने अन्तिम अभिलाषा रहेको बताइन्।

पुस्तक प्रकाशक मकालु पब्लिकेशनका प्रबन्धक बासुदेव ढकालले विश्वमा धेरैले बायोग्राफी आफूले लेखेका होइनन् अरूलाई लेखाएका सन्दर्भमा पराशर आफैँले लेख्छु, सत्य लेख्छु भनेर आफैँले लेख्नु स्तूत्य भएको बताए।

अध्यक्षको आसनबाट नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटाले झण्डै तीन दशकदेखि निरन्तर पुस्तक व्यावसायमा आवद्ध भएर आफूलाई आजको अवस्थासम्म पुर्याउने रमा पराशरको सोच र सामथ्र्य सबैका लागि प्रेरणाको स्रोत भएको बताए।

कार्यक्रमको सञ्चालन गर्दै नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले हिजो एक्लै नेपाल आएकी रमा पराशर आज सबैकी प्यारी बनेको धारणा राखे।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width