पोखरा, ११ चैत। चिउली पाचे तमु समाजको आयोजनामा जारी श्रीमद्भागवत् महापुराण महायज्ञमा ५७ लाख रुपैयाँ संकलन भएको छ।
महायज्ञको छैटौ दिन सोमबारसम्म दानस्वरुप सो रकम संकलन भएको महायज्ञ मूलआयोजक समिति संयोजक कणेर्ल कमानसिंह गुरुङले जानकारी दिए।
महायज्ञमा सोमबार एकै दिन १३ लाख रुपैयाँ संकलन भएको छ। सोमबार कास्की पार्चे घर भई हाल पोखरा–१२, भद्रकालीमार्ग बस्ने गायक खिमकुमार गुरुङ प्हाए आलीले स्वास्थ्य जागरुक अक्षयकोषमा ३ लाख रुपैयाँ दान गरेका छन्। अक्षयकोषवापत दान गरिएको सो रकमबाट स्वास्थ्य, शिक्षा लगायतमा खर्चिने छ।
महायज्ञमा सोमबार प्रदेश सांसद मनबहादुर गुरुङ र दोस्रो सत्रमा काँग्रेस नेता शुक्रराज शर्मा समेत उपस्थित थिए।
मन्तव्य व्यक्त गर्दै सांसद गुरुङले धर्मले मानिसलाई अनुशासनको दायरामा राख्ने बताए। उनले मानिसमा सकारात्मक सोचको विकास भए समाजको हित र उन्नति हुन सक्ने उल्लेख गरे। काँग्रेस नेता शर्माले चिउली पाचे तमु समाजले आयोजना गरेको महायज्ञको सफलताको कामना गर्दै सबैलाई समेटेर लैजान आग्रह गरे। समाजका अध्यक्ष सु.रणबहादुर गुरुङको अध्यक्षतामा भएको महायज्ञमा भागवत् कथा सुन्न विभिन्न समाज, आमा समूह, राजनैतिक पार्टीका प्रतिनिधिहरुको बाक्लो सहभागिता थियो। कार्यक्रम संचालन संचारकर्मी देवीजंग गुरुङले गरेका थिए।
पितृउद्धार र समाजको चौतर्फी विकासको लागि पोखरा १२, चापापानीस्थित समाजघरमा जारी महायज्ञमा प्रमुख वाचक भागवताचार्य युवासन्त रोहितराज महाराज (गुरुङ) ले कथा वाचन गरेका छन्।
मंगलबार सकिने महायज्ञमा कथावाचन सहित दैनिक पूजा, भागवत् आरती, प्रसाद वितरण, लक्ष्यवर्ती प्रज्ज्वलन, पूर्णवर्ती भइरहेको सल्लाहकार मोती गिरीले बताए। मंगलबार महायज्ञको समापन भएकोले सम्पूर्णलाई उपस्थित भई भागवत् कथा श्रवण गर्न महायज्ञ सल्लाहकार भूपू ब्रिटिस आर्मीका डब्लुओटु समाजसेवी गमबहादुर गुरुङले आग्रह गरे।
Related News
सम्बन्धित समाचार
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
गैंडाकोटमा कविशिरोमणिको स्मरण
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१