दक्षिणालाई मिसेस कल्चरको उपाधि

एजेन्सी
चैत्र १२, २०७५
mrs culture nepal 2075

पोखरा, ११ चैत । तेस्रो मिसेस कल्चर नेपाल २०७५ को उपाधी कास्की पुम्दी भुम्दीकी दक्षिणा गिरीले हात पारेकी छिन् । उनले मस्ट कन्फिडेन्ट, मस्ट पपुलर टाइटलसमेत हात पार्न सफल बनिन् । विजेता गिरीले स्कुटरसँगै चाँदीको क्राउनसमेत प्राप्त गरिन् ।

पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप दुर्गा पौडेल, सेकेन्ड रनर–अप विष्णु तामाङ, थर्ड रनर–अप कल्पना गुरुङ, फोर्थ रनर–अप धना शर्मा, भ्यूअर च्वाइस विमला सिंह थापा, अर्गानाइजर च्वाइस बिना मल्ल र मस्ट ट्यालेन्ट सोनु क्षत्री गुरुङले जित्न सफल भइन् ।

प्रतियोगितामा वेस्ट स्िक्रन/मस्ट एक्टीभ बिना मल्ल, वेस्ट क्याटवाक सोनु क्षत्री गुरुङ, वेस्ट फिगर कविता शेर्पा, मस्ट इन्टीलिजेन्ट कल्पना खत्री, मस्ट फोटोजेनिक कल्पना गुरुङ, वेस्ट हेयर/वेस्ट क्रियटिभ निर्मला शाही, वेस्ट स्माइल विष्णु तामाङ, वेस्ट डान्स धना शर्मा, मस्ट फ्रेन्डली/मस्ट व्युटीफूल शान्ता थापा, मस्ट युनिक दुर्गा पौडेल, मस्ट पङ्चुअल/वेस्ट पर्फमेन्स सनिला श्रेष्ठ, वेस्ट पर्सनालिटी रुवी गुरुङ, मस्ट हेल्पफुल विमला सिंह थापा, मस्ट डिसिपिलिन/वेस्ट कल्चरल ड्रेस लक्ष्मी गुरुङ घोषित भए ।

प्रतियोगितामा १५ जाना प्रतियोगिहरू सहभागी थिए । गत माघमा सुरू भएको प्रतियोगितामा कूल ३० जना विवाहित युवतीहरू सहभागी थिए । उनीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभूषाहरू झल्काएका थिए ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए । संस्कृति संरक्षण हामी सबैको चासोको विषय रहेको र यस्ता कर्याक्रमहरू निरन्तर हुनुपर्ने जिसीले बताए ।

कार्यक्रममा लाली गुँरास आमा समूह, धर्मस्थली आमा समूह, नमूना आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लव, एकलधारा आमा समूह, ड्यामसाइड आमा समूह र धादिङ त्रिपूरा बाराही समूहलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width