मुक्तक लेखन कार्यशाला सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
Muktak karyashala1

पोखरा, ९ चैत । मुक्तक मञ्च पोखराद्वारा आयोजित मुक्तक लेखन कार्यशाला सम्पन्न भएको छ । मुक्तक लेखनलाई थप सशक्त बनाउने उद्धेश्यले मुक्तक मञ्च, पोखराले आफ्नो नियमित कार्यक्रमको तेस्रो शृङ्खलाको रूपमा कार्यशाला सम्पन्न गरेको हो ।

मुक्तक मञ्चको प्रशिक्षण विभागका संयोजक रोशन तलकोटेको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा मुक्तक मञ्चका कार्यसमितिसहित एक दर्जन मुक्तककार सहभागी भएका थिए । सो कार्यशालामा संरचनापक्ष, भावपक्ष, अलङ्कार विधालगायतका मुक्तकीय सङ्गठनका विषयमा विविध छलफल गरिएको थियो ।

सहभागी मुक्तककारहरूका मुक्तकका विषयमा मुक्तककार सञ्जीव पौडेल र सरला लामिछाने ‘सरू’ ले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस क्रममा मुक्तककारका एक एक मुक्तकमाथि तिनमा प्रयुक्त शब्द, भाषिक विन्यास र भावपक्षमा गहनतापूर्वक छलफल भएको प्रशिक्षण विभागका सदस्य श्रीराम अधिकारी ‘गोर्जे’ ले जानकारी दिए ।

मुक्तक लेखनका क्रममा देखिएका विविध समस्या र तिनका समाधानका विषयमा छलफल गर्ने गरी कार्यशाला सञ्चालन गरिएको मुक्तक मञ्चका अध्यक्ष प्राञ्जलले जानकारी दिए । कार्यशाला सम्पन्न भएपछि सहभागी मुक्तककारहरूले मुक्तकका बारेमा आफूमा रहेका कतिपय अन्योलतालाई चिरेर स्पष्ट धारणा बनाउन सहयोग पुगेको भन्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…
  • श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित समारोहमा…

hero news full width