जातीय भेदभाव गरेको आरोपमा तनहुँवाट दुई पक्राउ

रासस
चैत्र ९, २०७५
25-2018_3image_22_38_533373070arrast-ll-600×430

दमौली, ८ चैत । जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् ।

गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई शुत्रलवार पक्राउ गरेको हो । उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा छिरेको भन्दै भिमाद नगरपालिका–६ का सुकबहादुर परियारलाई दुव्र्यवहार गरेका थिए । टाढै बसेर खानुपर्ने भन्दै भान्सामा पुगिसकेको अवस्थामा जातीय भेदभाव गरेको पीडितले बताए ।

पीडक दुवैविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए । आफूमाथि विभेद गरिएको भन्दै परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले पीडकलाई कानूनबमोजिम कारवाहीका लागि पहल गरेको समितिका अध्यक्ष बाबुराम सुनारले बताए ।

भिमाद नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका सुनारले जातीय रुपमा हुने अधिकांश घटना मिलापत्रमा मात्र सीमित गर्न खोजेपछि छुवाछूतको घटना झन मौलाएको बताए ।

Related News

सम्बन्धित समाचार

  • टुक्रे योजना कार्यान्वयनमा समस्या

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक एवं प्रथम चौमासिक…
  • गण्डकीमा सरकार कसको ?

    प्रकाश ढकाल मंसिर ११, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत गण्डकीका ५ जिल्लामा एमाले ‘क्लिन स्वीप’ भएको छ । गोरखा, बागलुङ र…
  • एमालेका सुधीर ६ मत अन्तरले निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । स्याङ्जामा नेकपा एमालेका उम्मेदवार मात्र ६ मत अन्तरले प्रदेशसभामा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । स्याङ्जा क्षेत्र…
  • कास्की–३ , प्रदेशसभा (२) कांग्रेसका बराल विजयी

    रासस मंसिर ९, २०७९
    पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका…
  • गण्डकीबाट प्रतिनिधि सभामा कांग्रेस बलियो

    धनबहादुर गुरुङ मंसिर ७, २०७९
    पोखरा । गण्डकीबाट प्रतिनिधिसभामा १८ सिटमध्ये नेपाली कांग्रेसले २०७४ सालको चुनावमा १ सिटमात्र जितेको थियो । त्यसबेला बामगठबन्धनविरुद्ध चुनावी मैदानमा…

hero news full width