बाग्लुङका युवा मातृभाषा सिक्दै

रासस
चैत्र ८, २०७५
IMG_3761

बागलुङ, ८ चैत । पुस्तान्तरण नहुँदा लोप हुने खतरा बढेपछि मगर भाषा संरक्षण प्रयास अघि बढाइएको छ । बडिगाड गाउँपालिकाले युवापुस्तालाई लक्षित गरेर निःशुल्क मगर भाषा कक्षा सञ्चालन गरेको हो । भाषा कक्षा चलाउन गाउँसभाले चालू आवमा २५ लाख बजेट छुट्याएको थियो ।

गत वैशाखदेखि शुरु भएको भाषा कक्षामा गाउँपालिकाका २२ मगर युवाले मातृभाषा सिकिरहेका छन् । “आफ्नो भाषा जोगाउनुपर्छ भन्ने सोचले पढ्न आएकी हुँ”, रणसिंहकिटेनीकी हिरा रानामगरले भनिन् “सिकाइ उपलब्धिमूलक भइरहेको छ ।”

नेपालमा बोलिने तीन मगर भाषामध्ये गण्डकी प्रदेशमा प्रचलित ‘मगर ढुट’ को पढाइ भइरहेको प्रशिक्षक आशबहादुर थापामगरले बताए । “प्रशिक्षार्थीले लेख्न, बोल्न र मगर भाषाको लिपिका बारेमा सिकिरहनुभएको छ”, उनले भने –थापामगर भाषा सिकाउनकै लागि तनहुँदेखि बागलुङ आउनुभएको हो ।

प्रशिक्षार्थीले शुरुमा मगर भाषाको शब्द–शब्द सिकेपछि वाक्य बनाउन जानेका थिए । नेपाली बाह्रखरीलाई मगर भाषामा उल्था गर्दा छिटो सिकिएको प्रशिक्षार्थी रानामगरको भनाइ छ । लेख्न, पढ्नभन्दा भाषालाई बोलीचालीमा प्रयोग गर्न बढी गाह्रो हुने गरेको उनको अनुभव छ ।

मगर बाहुल्य बस्तीमै भाषा हराएपछि संरक्षण अभियान चलाउनुपरेको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए । “अहिले सिकिरहेका प्रशिक्षार्थीलाई योग्य बनाएर गाउँगाउँमा मगर भाषा सिकाउने योजना छ”, उनले भने ।

आफ्नै भाषा, संस्कृति भएन भने समुदायको पहिचान नै गुम्ने अध्यक्ष पाइजाको भनाइ छ । अध्यक्ष पाइजा स्वयम पनि मगर समुदायको भएकाले मगर भाषा संरक्षणमा पहल गरेका छन् । बडिगाडमा मगर समुदायको बसोबास रहेपनि मगर भाषा बोलीचालीबाट हराएको छ ।

बडिगाड मात्रै नभएर जिल्लाका अधिकांश मगर बस्तीमा मगर भाषा प्रचलनमा छैन । बाउबाजेका पालादेखि नै मातृभाषा बोल्न छाडिएको मगर अगुवाहरु बताउँछन् । नयाँ पुस्तामा भाषाको ज्ञान हस्तान्तरण नहुँदा र अन्य भाषाको बढ्दो प्रभावले मगर भाषा सङ्कटमा परेको बताइन्छ ।

जिल्लाको निसीखोला गाउँपालिकाका केही मगर बस्तीमा मात्र मगर खाम भाषा बोल्ने गरिन्छ । मगर ढुट भाषा तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासीलगायतका जिल्लामा बढी प्रचलित छ । मगर खाम भाषा रोल्पा, रुकुम, प्यूठानलगायतका जिल्लामा बोल्ने गरिन्छ । मगर काइके भाषा भने डोल्पा जिल्लामा मात्र प्रचलित छ । भाषा कक्षा यही चैत मसान्तमा सकिने गाउँपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई संघर्षशील सामाजिक पुरस्कार प्रदान गरिने भएको छ । अम्बिका–भागवत् फाउण्डेसन नेपालद्वारा हरेक…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • खगराज शर्मा आचार्यको अभिनन्दन

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल, पोखराले साहित्यकार खगराज शर्मा आचार्यलाई अभिनन्दन गरेको छ । उनको जन्मोत्सव अवसर पारी…
  • गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

    आदर्श समाज सम्वाददाता कार्तिक २, २०८१
    पोखरा। प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी…
  • दुर्गा र जमुनालाई सञ्चारिका पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज ३०, २०८१
    पोखरा । सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा भण्डारी र जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका समूह गण्डकी प्रदेशले…

hero news full width

मुख्य समाचार