पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा गरिने भएको छ ।
काठमाण्डौवाट उनको शव ल्याएपछि श्रद्धाञ्जलि कार्यक्रमको लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि पोखराको रामघाटमा अन्त्येष्टि गरिने गण्डकी प्रदेशका भौतिक पूर्वाघार तथा विकाश मन्त्री एव सरकारका प्रवक्ता रामशरण वस्नेतले जानकारी दिए ।
काठमाडौँबाट अशुक्रवार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने छ । मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निवाचित भएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९