काठमाडौँ, १३ फागुन । जनगणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत परिबार कृषि कर्ममा संलग्न छन् ।
सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात ३४ अर्ब २१ करोड रुपैयाँ बराबरको गरिएको छ ।
कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो पल्टिएका छन् ।
आव २०७४र७५ मा मात्रै ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा १३ अर्ब ५८ करोड रुपैयाँ बराबरको चामल आयात भयो । आव २०७४र७५ मा २९ अर्ब ५३ करोड रुपैयाँको चामल आयात हुँदा आव २०७३र७४ मा २३ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको बताइएको छ ।
नेपालका प्रमुख बालीमध्ये मकै एक हो तर चालू आवको पाँच महीनामा पाँच अर्ब १९ करोड रुपैयाँको मकै आयात भयो । आव २०७४र७५ मा १२ अर्ब ५५ करोड रुपैयाँ र आव २०७३र७४ मा रु १० अर्ब ६३ करोड रुपैयाँको मकै आयात भयो । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो परिमाणको रकम खाद्यान्नको खरीदका लागि खर्च हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कलाई नै आधार मान्ने हो भने चालू आवको पाँच महीनामा सात अर्ब पाँच करोडको भटमास आयात भएको छ । आव २०७४र७५ मा १८ अर्ब १५ करोड र आव २०७३र७४ मा रु १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा छन् । उनीहरुले वार्षिक नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७४र७५ मा रु सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा रु चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ ।
चालु आवको पाँच महीनामा मात्रै रु तीन अर्ब ९९ करोडको आलु आयात भएको छ । चिप्स प्रयोजनका लागि आलुको आयात बढिरहेको छ । नेपालमा चिप्सका लागि आलु खासै उत्पादन गरिँदैन । आव २०७४र७५ मा रु छ अर्ब ३५ करोड र आव २०७३र७४ मा रु पाँच अर्ब ५२ करोडको आलु आयात भएको छ ।
यस्तै चालु आवको पाँच महीनामा रु दुई अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४र७५ मा रु पाँच अर्ब ६३ करोड र आव २०७३र७४ मा रु चार अर्ब ८७ करोडको स्याउ आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषिउपज आयात ठूलो मात्रामा भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
समृद्धिको आधार: बाटो र विकास
गह्रौंकालिकालाई धार्मिक पर्यटन गन्तव्य बनाउन सकिने
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
hero news full width
मुख्य समाचार
रविलाई फेरि अदालत उपस्थित गराइँदै
को होला मिस पोखरा ?
कार्तिक ७, २०८१जेठोबुढो जोगाउँदै पोखरा महानगर
कार्तिक ७, २०८१नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
कार्तिक ७, २०८१विदेश छोडेर कागती खेती
कार्तिक ७, २०८१नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१