पोखरा, १२ फागुन । गण्डकी बिकास बैंक लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गनेर्सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार गण्डकी बिकास बैंकका संपूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरुमार्फत प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराज तिमिल्सिनाले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्न शर्मा र सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट मुख्य प्रबन्धक गणेश चौलागाई, बरिष्ठ प्रबन्धक गणेशराज श्रेष्ठ, सहायक प्रबन्धक सुदिप ढुंगानाको समेत उपस्थिति थियो ।
बैंकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको एबीबीएस, स्टीएम, इसीसी/आइपीएस, सी–एएसबीए, मोवाइल बैकिङ सेवा, लजुघुवित्त सेवा, रेमिट्यान्स सेवासहित पूर्ण बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९