पोखरा,१२ फागुन । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताएका छन् ।
नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने उल्लेख गरे ।
साँस्कृतिक रुपले धनी गण्डकी प्रदेश छिमेकीसँग साँस्कृतिक सम्बन्ध जोड्न आतुर रहेको उनको भनाइृ छ । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेको समुपस्थितिमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले साँस्कृतिक कार्यक्रममार्फत दुई देशको सम्बन्ध जोड्न भएको प्रयासको मुक्तकण्ठले प्रशंसा गरे ।
नेपालको निजी क्षेत्र बंगलादेशसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनको भनाई छ । यता गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक सम्वृद्धिको लागि छिमेकीसँगको सहकार्य गण्डकी सरकारको प्राथमिकता रहेको बताईन् ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपालस्थित बंगलादेशको दूताबासद्धारा पोखरामा आयोजित नेपाल र बंगलादेशबीचको व्यापार र पर्यटनका सम्भावनाबारेको गोष्ठीको समुद्घाटन गर्दै उनले पर्यटनलगायतका क्षेत्रमा द्धिपक्षीय सम्बन्ध र लगानी बढाउन सकेमा सम्बन्धले पनि नयाँ उचाई लिने उल्लेख गरे ।
नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेले नेपालको निर्यात व्यापार बढाउन प्रतिष्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिएकी छन् । नेपालबाट आयात हुने दाललगायतका सामानहरुको बंगलादेशमा उच्च माग भए पनि महंगो मूल्य पर्ने बताईन् ।
‘केही वर्षअघिसम्म नेपालबाट बंगलादेशमा दाल निर्यात हुन्थ्यो उनले भनिन् ‘अहिले हामी धेरै टाढाको क्यानडा लगायतका मूलुकबाट दाल आयात गर्छौँ, नेपालको दाल महंगो भयो, बंगलादेशमा नेपाली दालको माग उच्च छ तर महंगो भएकोले आयात रोकिएको छ, उनले भनिन् ।
राजदूत साम्सेले नेपाल सरकार र बंगलादेशबीच केहीअघि भएको विद्युत व्यापार सम्झौताले उर्जा क्षेत्रमा संयुक्त लगानीको सम्भावना बढेको समेत बताइन । बंगलादेशको आर्थिक विकासले नयाँ गति लिएको बताउँदै उनले नेपाल र बंगलादेशले द्धिपक्षीय व्यापार बिस्तारका विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गरे । बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या वार्षिक २५ हजारको हाराहारीमा भए पनि आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढेको बंगलादेशबाट धेरैभन्दा धेरै पर्यटक नेपाल आउने सम्भावना रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल र बंगलादेशबीच मानवीय मात्र नभएर प्राकृतिक सम्बन्ध समेत रहेको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
पाल्पा हाउस प्रालिको दोस्रो साधारण सभा
गण्डकीमा बिमाको पहुँच निकै कम
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०