पोखरा, १ फागुन । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिम बुधबार सम्पन्न भएको छ ।
तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित थियो ।
तालिम समापन कार्यक्रममा प्रमाणपत्र बितरण गर्दै कार्यक्रम तथा संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले तालिमलाई व्यवसाय बिस्तारमा लगाउन आग्रह गरे ।
सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्’, संघका कार्यबाहक अध्यक्ष कोइरालाले भने । तालिमले पनि आफूले थाहा पाइरहेको विषयलाई नयाँ तरिकाले प्रयोग गर्न सिकाउँछ ।’ कार्यवाहक अध्यक्ष कोइरालाले बजारमा भित्रिएका विज्ञापनका नयाँ शैली, प्रविधीको प्रयोग तथा नयाँ व्यवसायका सम्भावनाबारे पनि व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।
संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको समापन कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र प्रशिक्षक रामप्रसाद त्रिपाठीले पनि सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक तथा आयोजक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका प्रमुख रामप्रसाद तिवारीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
संघका कोषाध्यक्ष तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक चिनु गुरुङले आउँदा दिनहरुमा पनि यस्ता तालीमहरु आयोजना गरिने बताइृन । प्रशिक्षार्थी उमा लामिछाने र जगदिश लामिछानेले आफूहरुलाई लेखालगायतका थप तालिमको व्यवस्था गर्न आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९