ब्याजदर घटाउन यातायात व्यवसायीको माग

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
फागुन १, २०७५
Yatayat Byabasayi_Fotor

पोखरा, २९ माघ। बैंक तथा वित्तीय संस्थाहरुको एकतर्फी ब्याजदर वद्धिका कारण यातायात व्यवसायीले नेपाल सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गरेका छन्।

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले मंगलबार पत्रकार सम्मेलन गरी ब्याजदर वृद्धिले निजी लगानीकर्ताहरु निरुत्साहित बनेको गुनासो गरे ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अत्यधिक रुपले ब्याजदरमा वद्धि गरेका कारण यातायात व्यवसायीहरु सबैभन्दा बढी मर्कामा परेको उनीहरुले बताएका छन्। यातायात व्यवसायमा मात्र नभई उद्योग, पर्यटन र कृषिमा समेत यसको नकारात्मक प्रभाव परेको उनीहरुले जनाएका छन्।

राष्ट्र बैँकले दिएको निर्देशविपरीत बैँकहरुले मनोमानी ब्याजदर बढाएको उनीहरुले बताए। ९ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १६ प्रतिशतसम्म पुग्दा व्यवसाय नै चौपट बनेको समन्वय समिति अध्यक्ष केदार पौडेलले बताए। बैँकहरुकै एकाधिकारका कारण व्यवसायीले गुणस्तरीय सवारी साधन खरिद गर्नसमेत नसकेको पौडेलको गुनासो थियो।

व्यवसायीहरुले बैँकहरुलाई सरकारमार्फत व्याजदर घटाउन आग्रह गर्ने, यदि व्याज नघटाए बढेको ब्याज नतिर्ने उनको भनाइ थियो। वित्तीय संस्थाहरुले एकतर्फी ढंगले उच्च रुपमा बढाएको व्याजदरका कारण सार्वजनिक सवारीमा लगानी शून्यजस्तै भइसकेको समितिका बरिष्ठ उपाध्यक्ष योगेन्द्रबहादुर केसीले बताए।

समितिका पूर्व अध्यक्ष बाबुराम गिरीले ऋणको ब्याज तिर्न नसकेर व्यवसायीले यातायातका साधन नै बैंकलाई बुझाउनुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बैँकको व्याजदर घटाउन दबाब दिँदा नागरिकलाई असर पर्ने गतिविधि नगर्न आग्रह गरे।

समन्वय समितिअन्तर्गत पृथ्वी राजमार्ग बस सञ्चालक समिति, गण्डकी ट्रक यातायात व्यवसायी संघ, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, स्थानीय श्रृंङ्गा यातायात व्यवसाय समिति, ट्याक्सी व्यवसाय समिति, गण्डकी ट्याक्टर व्यवसायी समिति र गण्डकी मिनिट्रक सञ्चालक समितिले संयुक्त ध्यानाकर्षण गराएका हुन्।

यसअघि पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ, पोखरा च्याम्बर अफ कमर्शले पनि बैँक तथा वित्तिय संस्थाहरुले बढाएको व्याजदरप्रति ध्यानाकर्षण गराइसकेका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…

hero news full width