नेपाल सरकारका सेवानिवृत्त उपसचिव गगनसिंह असलामी थापा मगरको ‘हाम्रो साडीखोला’ पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र थापामगर। तस्वीरः असफल गौतमको
नेपाल सरकारका सेवानिवृत्त उपसचिव गगनसिंह असलामी थापा मगरको ‘हाम्रो साडीखोला’ पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र थापामगर। तस्वीरः असफल गौतमको
पोखरा, २५ माघ।नेपाल सरकारका सेवानिवृत्त उपसचिव गगनसिंह असलामी थापा मगरले आफ्नो जन्मथलो चिनाउने हाम्रो साडीखोला पुस्तक लिएर आएका छन्।
उक्त पुस्तकको शनिवार राजनीतिक विश्लेषक अधिवक्ता सुरेन्द्र थापामगरले लोकार्पण गरे।
कार्यक्रमका प्रमुख अतिथि थापा मगरले गगनसिंहको हाम्रो साडीखोला पुस्तक मगर समुदायको वर्णमाला हो भने। उनले मगर जातिको नामाकरणदेखि साडीखोलामा बसोबास गर्ने मगरजातिको विवरणसम्म अटाउनु ज्यादै महत्वपुर्ण कार्य भएको बताए।
कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले सरकारी सेवाबाट निवृत्त भएपछि धेरैको जीवन त्यत्तिकै बितिरहेको वेला गगनसिंह जस्ता जुझारु र इमान्दार बनेर केही गरौं भनेर सबै लाग्नुपर्ने धारणा व्यक्त राख्दै पुस्तक सिङ्गो सादीखोलाको पाश्र्वचित्र भएको बताए।
साथै असफलले कृतिको भाषाका सन्दर्भमा केही त्रुटिरहेतापनि भित्र समावेश गरिएका पुस्तक पछिल्लो पुस्तालाई सङ्गृहीत गरेर राख्नुपर्ने सन्दर्भ सामग्रीका रुपमा चिनाए।
पत्रकार भरत कोइरालाले गगनसिंहले पुस्तक प्रकाशनका लागि थापाको लामो सङ्घर्ष र मेहनत रहेको बताए।
स्रष्टा गगनसिंह थापा मगरले एउटा स्रष्टाले थालेको राम्रो प्रयासलाई सबैले अनुशरण गर्न अनुरोध गरे।
उनले, साडीखोला गाउँको वास्तविक इतिहास भएको बताउँदै सबैलाई आ–आफ्नो ठाउँको इतिहास लेखुन भन्ने मान्यताकै कारण यो कृति लेखेको बताए।
कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रीय सदस्य फूलकुमारी थापा, साहित्यकार लोकबहादुर थापा, साडीखोला पोखरा सम्र्पक समितिका अध्यक्ष श्रीमान थापा मगर, सहसचिव सञ्जीव थापामगरलगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन इन्दिरा थापाले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९