पोखरा, २५ माघ । काठमाडौंको राष्ट्रिय सभा गृहमा माघ १६ गते घोषणा गरिएको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस—सुन्तलीले आफ्नो प्रस्तुति प्रदर्शन गरेका छन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको थियो ।
उक्त टोलीमा लोक गायक बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन्। यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ(२०७५’ को आयोजना गरेको हो।
जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ। उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोर मनोरञ्जन लिएका थिए । उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन्।
क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ। झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाबाट सहयोग पाउने आशा धुर्मुस–सुन्तलीले गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९