पोखरा, २४ माघ । पोखरा महानगरपालिका—१६ स्थित अर्मलामा १० किलोमिटर पर्वतीय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता हुने भएको छ ।
श्रीपंचमीको अबसर पारी माघ २७ गते आयोजित प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजित १० किलोमिटर पर्वतीय दौड पोखराको बाटुलेचौरबाट शुरु भई अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५, १० र ५ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितीयले २५ हजार रनिङ कप, पदक तथा प्रमाणपत्र पाउने वताइएको छ ।
१६ वर्ष उमेर समूह माथिको छेलो प्रतियोगितामा प्रथम हुनेले तीन हजार, भाङग्रा, फेता र प्रमाण पत्र , द्वितीयले एक हजार, प्रमाणपत्र प्राप्त गर्ने छन् । १६ वर्ष उमेर समूह भन्दा मुनिकाले क्रमश नगद एक हजार, पाँच सय पाउनेछन ।
उक्त पुरुस्कारको प्रायोजन अर्मलाकोट यूके परिवारको मुख्य प्रायोजन र अर्मला विकास मञ्च सह प्रायोजनमा हुन लागेको हो । यूके निवासी शेरा गुरुङ, सम्मर बहादुर गुरुङ, जीवन गुरुङ र बुद्धि गुरुङको आर्थिक सहयोग रहने छ ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९