पोखरा, २३ माघ । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पाटीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गरेका छन् ।
सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेका छन् भन्ने तथ्यलाई स्पष्ट रुपमा प्रस्तावमा राखिने छ ।’
यो प्रस्ताव भारी बहुमतबाट पारित भयो । प्रस्तावको पक्षमा ७० र विपक्षमा २६ मत खसेको थियो । सदनमा ५३ रिपब्लिकन उम्मेदवारमध्य केबल तीन जनाले यसको विरोध गरेका थिए ।
यो संशोधनलाई दक्षिण पश्चिम एशियाका लागि एक व्यापक सुरक्षा कानुनमा समावेश गरिने छ । प्रस्तावमा सिरिया वा अफगानिस्तानमध्ये कुनै एउटा देशबाट मात्र पनि अमेरिकी सेना फिर्ता बोलाइएमा बडो मुस्किलले प्राप्त सफलता सक्ने र अमेरिकाको राष्ट्रिय सुरक्षा नै खतरामा पर्न सक्ने उल्लेख छ ।
गत डिसेम्बर महिनामा ट्रम्पले ट्वीटरमार्फत अमेरिकाका २ हजार सैनिक सिरियाबाट फिर्ता बोलाउने योजना सार्वजनिक गरेका थिए । यसमा ट्रम्पको तर्क के थियो भने इस्लामिक स्टेट समूहमाथि विजय हासिल भइसकेकाले अब अमेरिकी सेना बसिरहनु आवश्यक छैन । तर, हालै अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरुले जिहादी समूह आफ्नो प्रभाव फैलाउने कोशिसमा रहेको र यो गम्भीर खतरा बन्न सक्ने सूचना दिएका थिए ।
Related News
सम्बन्धित समाचार
अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९