राष्ट्रकविको जिल्लामा छन्द कविता

आदर्श समाज सम्वाददाता
माघ २३, २०७५

लमजुङ, २२ माघ। राष्ट्रकविको गृहजिल्ला लमजुङमा छन्द कविता गुञ्जिने भएको छ। ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिवसका अवसरमा माघ २५ र २६ गते सो कार्यक्रमको तयारी गदैर्छ।

लमजुङका छन्द अभियन्ता डिल्लीजंग गुरुङको ११५औँ जयन्ती तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो स्थापना दिवसमा हुने कार्यक्रममा राजधानीसहित गण्डकी प्रदेशका ख्यातिप्राप्त छन्द अभियन्ताले छन्द कविता वाचन गनेर्छन्। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङको प्रमुख आतिथ्य रहनेछ ।

प्रतिष्ठानका महासचिव रुपिन्द्र प्रभावीले छन्द कविताको आवश्यकता महत्व र औचित्यबारे अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको जानकारी दिए।

कार्यक्रममा छन्दका अभियन्ता भुवनहरि सिग्देल, प्राज्ञ देवी नेपाल, छन्द अभियन्ताहरू प्रल्हाद पोखरेल, रामप्रसाद ज्ञवाली, डा बमबहादुर जिताली, विजयराज न्यौपाने, प्रभा भटटराई, रिषभ घिमिरेसहित तीन दर्जन कविहरू उक्त कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

यसैगरी, गण्डकी प्रदेशको राजधानी पोखराबाट प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ सूर्यबहादुर विखर्ची, छन्द बचाउँ अभियानका अभियन्ता माधव वियोगी, जगन्नाथ रेग्मी, पर्वतका शान्तिनारायण श्रेष्ठसहित झण्डै ४० जना कवि लमजुङ आउने भएको प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरेले जानकारी दिए।

उनका अनुसार सो कार्यक्रममा लमजुङको उषाकालीन कविद्वय पद्मविलाश पन्त र साहिला गुरु तीर्थराज अधिकारीलाई मरणोपरान्त सम्मान गरिनेछ ।

यसैगरी, जिल्लाका छन्द अभियन्ता डा बमबहादुर जिताली र विजयराज न्यौपाने तथा लोकगायिका विमाकुमारी दुरालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ। सो अवसरमा धम्पु दुरा र सीतादेवी दुराको ठाडोभाकाको विशेष प्रस्तुति हुनेछ।

यस्तै, कविता शिविरका साथमा ठाडोभाका र लोक संस्कृतिबाट पाहुना कविलाई मनोरञ्जन दिलाउने  तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए। उनका अनुसार शास्त्रीय छन्द बाहेकका कविहरूको समेत कार्यक्रममा दरिलो प्रस्तुति रहने हो।

सो अवसरमा कविवर डिल्लीजंग गुरुङका बारेमा कार्यपत्र प्रस्तुतका साथ उनका नाउँमा पुरस्कार घोषणा गर्ने तथा ठाडोभाका र गुरुङ संस्कृतिमा आधारित लोकनृत्यको प्रस्तुतिका कार्यक्रम समेत गरिने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width