पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपीशर्मा ओली नेतृत्वको सरकारले नै संविधान बिरोधी काम गरिरहेको आरोप लगाएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता शर्माले यस्तो आरोप लगाएका हुन् ।
कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको जानकारी दिएका छन्, उनले भने—देश उल्टो दिशामा गइरहेको छ,यो स्वीकार गर्न सकिँदैन,सरकारले संविधान पालना गरिरहेको छैन, मैले सरकारको विरोध गर्न खोजेको होइन तर सरकारले विधेयक ल्याउँदा संविधान अनुसार ल्याएन ।
राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको उनको भनाइृ छ । प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने? प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने?,’ शर्माले भने, ‘ यो जे भइरहेको छ, राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ।
यसअघि सरकारले प्रदेश प्रहरीको परिचालनको अधिकार पनि सिडिओलाई दिने गरी विधेयक ल्याएको थियो। नेपाल प्रहरी र प्रदेश प्रहरीको कामसम्बन्धी प्रतिनिधि सभामा दर्ता विधेयकले प्रमुख जिल्ला अधिकारीमातहत प्रदेश प्रहरी रहने व्यवस्था गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) देखि माथिका अधिकृतको सरूवाबढुवा पनि केन्द्रले नै गर्नेछ। प्रदेशलाई प्रहरी निरीक्षकसम्मको भर्ना र सरूवाबढुवामा सीमित गरिएको छ।
शान्ति सुरक्षा तथा आन्तरिक व्यवस्था ऐनमा संशोधन गर्न बनाइएको विधेयकमा पनि जिल्लाको सिडिओ संघीय निजामती कर्मचारी मध्येबाट नियुक्त हुने र उनीहरूले केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा काम गर्ने भनिएको छ।
उनले आफ्नो पार्टी निकट कर्मचारीहरूलाई पनि हिजो आन्दोलन गरेको जस लिने हो भने प्रदेश र स्थानीय सरकारमा गएर सेवा गर्न सुझाव दिए।उनले अहिले व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नभएकाले यसमा गर्व गर्नुको कुनै अर्थ नभएको बताए।
राणा र राजाहरू पनिल सिंहदरबारमा त बसिरहेका थिए। पूराना शासकजस्तो शासकीय चरित्र बोकेर सेवा गर्न सकिँदैन,’ शर्माले भने,‘ हामीले संविधानमा राखेका कुरा कार्यान्वयन नभए हामीले व्यवस्था परिवर्तन ग¥यौं भनेर गर्व गर्नुको अर्थ छैन। अहिले हामीसँग दुई तिहाइको बहुमत छ भन्दै हिँड्ने बेला होइन बरू विनम्रतापूर्वक जनतामा गएर सेवा गर्ने बेला हो।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
कांग्रेसको निर्णय : प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी हुने
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९