पोखरा, १३ माघ : फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोकसांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५”को उपाधि रामबजार पुन समाज कास्कीले हात पारेको छ ।
पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न उक्त फाईन प्रतिष्पर्धामा १४ वटा विभिन्न समुहले आ–आफ्नो प्रस्तुती राखेका थिए ।
नेपाल सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को नारालाई सार्थक पार्न गण्डकी प्रदेशमा लुकेर रहेको संस्कृतिको संरक्षण र संवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसीले जानकारी दिएका हुन् ।
उहाँका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ९ जिल्लाबाट कला र सांस्कृतिक नृत्य सहित विभिन्न जातजाति, भाषा–भाषी र भेषभूषाको पहिचान सहित २ सय भन्दा बढी टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगीताको अन्तिम प्रतिष्पर्धामा लालीगुराँस पुन मगर समाज लामाचौर, घाँसीकुवा कौरा समूह तनहुँ, पोचोको तमु समाज कास्की, सिम्ले जामुने समुह लमजुङ, नवयुवा क्लब सिरुबारी स्याङ्जा, नेवाः समाज छाङछाङदी स्याङ्जा र झिं सिर्जनशील नेवाः समाज तनहुँ रहेका थिए ।
यस्तै, सल्यान खन्डाँडा टाउ घडेरी तमु समाज स्याङ्जा, धर्मोदय दशावतार बालन समूह रामपुर पाल्पा, अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे नवलपुर, पुन मगर समाज ढुङ्गेपाटन, कास्की, ज्यामिरे आमा बाबा समूह स्याङजा, पार्वती गुफा हरिकीर्तन समूह पर्वत र रामबजार पुन समाज कास्की अन्तिम प्रतिष्पर्धामा थिए ।
प्रतियोगीतामा पहिलो स्थान प्राप्त गर्न सफल रामबजार पुन समाज कास्कीले पोखराले नगद ३ लाख ५० हजार रुपैयाँको साथमा ट्रफि, द्वितीय हुने झिं सिर्जनशील नेवाः समाज तनहुँले नगद २ लाख, तृतीय हुने सल्यान खन्डाँडा टाउ घडेरी तमु समाज स्याङ्जाले नगद १ लाख ५० हजार र सान्त्वना प्रप्त गर्न सफल धर्मोदय दशावतार बालन समूह रामपुर पाल्पा साथै अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे नवलपुरले नगद रू १/१ लाख रुपैयाँ पुरस्कार पाप्त गरेका छन् । बिजयी टोलीहरुलाई गण्डकी प्रदेशका सांसद् एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला “रुपक”, टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेल, प्रबन्ध निर्देशक लीलबहादुर जिसीलगायतले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिताको बेष्ट भ्यूअर च्वाइस अवार्ड नवयुवा क्लब सिरुवारी स्याङ्जाले प्राप्त गर्न सफल भयो । जस अन्तर्गत नगद ३० हजार रुपैयाँ समेत प्राप्त गरेको छ । प्रतियोगीताका बाँकी १० समूहले नगद ३०÷३० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्राप्त गरेका छन् । गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा भाषी, सांस्कृतिक पहिचानसहित स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा समेत उक्त प्रतियोगीताले टेवा पुर्याउने छ । यसअघि, फेवा आइडलको ग्राण्ड फिनालेको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९