पोखरा, १० माघ। बगर भाइखलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साविक विजेता आयोजक बगर भाइखलक बुटवल भेट्रानसँग पराजित भएको छ ।
विहीवार पहिलो खेलमा बगर भाइ खलक टाइब्रेकरमा बुटवलसँग ४–५ गोलअन्तरले स्तव्ध हुँदा प्रि–क्वाटरबाटै बाहिरिन पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
यस्तै संगम भेट्रान पोखरा र एनवाईपी काठमाडौंबीच टाइब्रेकरमा परिणाम आयो। निर्धारित समयमा १–१ को बराबरी भएकोमा पेनाल्टी सुटआउटमा एनवाईपीले २–० अन्तरमा जित हासिल गरी क्वाटरफाइनलमा स्थान पक्का गर्यो।
अर्को खेलमा एबिसी पोखरा किङकम स्पोर्ट्स काठमाडौसँग १–० गोल अन्तरले विजयी भएको छ।
छिमेकी मुलुक भारतको कलकत्ता भेट्रानले हेटांडा भेट्रानलाई ३–० गोलले हराएको छ भने चावहिल भेट्रान काठमाडौले फ्रिडम एफसी ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
यसैगरी, एक्स पोखरा भेट्रानले चितवन भेट्रानको यात्रालाई १–० गोलले रोक्दा अर्को खेलमा फोर्टी फाउन्डेशन काठमाडौले दीप युनाइटेड पोखरालाई १–० गोलले पाखा लगाएको छ।
शुक्रबारबाट क्वाटरफाइनलका खेल शुरु हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन्।
‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूलनारा आत्मसात गरी २०६८ सालदेखि भेट्रान फुटबल संचालन हुँदैआएकोमा यसपालि २६ टिमको सहभागिता रहेको छ। नेपालमा नै पहिलो पटक व्यवस्थितरुपमा भेट्रान फुटबल आयोजना गर्ने बगर भाइखलक पहिलो संस्था रहेको अध्यक्ष दिलबहादुर गुरुङ दाबी गर्दछन् ।
माघ १२ सम्म संचालन हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गनेर्छन्।
त्यस्तै सर्वाधिक गोलकर्ता, सवोर्त्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही ५ हजार पाउने छन् ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९