पोखरा, ७ माघ। पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान स्याङ्जा प्रथम भएको छ ।
प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश दोस्रो, प्रतिष्ठान गोर्खा तेस्रो र प्रतिष्ठान कास्की सान्त्वना भए । उनीहरुले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र ८ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए ।
फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न भाखामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । निर्णायकमा गायक चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना र प्रेमराज अधिकारी थिए ।
अमरसिंहचौरमा जारी पोखरा महोत्सवको ११ औ दिन सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश सपूत र प्रीति आलेले ब्याटल दोहोरी गाए ।सोमबार नै चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शिवहरि ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतले गीत प्रस्तुत गरे भने तरेली सांस्कृतिक परिवारले सांस्कृतिक नृत्य प्रस्तुत ग¥यो। स्थानीय ड्रिमर्स ब्याण्ड र सविन राई एण्ड द फेरोहको लाइभ ब्याण्ड प्रस्तुति मार्फत दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। महोत्सव अन्तिम दिन मंगलवार लोकदोहोरीतर्फ शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिलकुमारी मोक्तान, पूजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली आउनेछन् । सांँझ लाइभ ब्याण्डतर्फ आयाम ब्याण्ड र सुशान्त केसीको प्रस्तुति रहनेछ । एजेन्सी
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९