पोखरा, ६ माघ। चिप्लेढुंगामा रहेको ‘क्याफे दी गाडेर्न’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।
माघ ७ गतेदेखि १४ गतेसम्म ओपनिङ कार्यक्रम राखिएको संचालक अर्जुन गिरीले बताए। ‘ओपनिङको अवसरमा २० प्रतिशत छुट दिएका छौ,’ उनले भने।
अर्का संचालक विजय लम्सालले मिठो परिकारका साथै लाइभ म्युजिकसमेत राखिने जनाए। उनले सर्वसाधारण र सामान्य कामकाजीको गच्छेले भ्याउनसक्ने मूल्य निर्धारण गरेको जानकारी दिए।
‘गाडेर्नको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ, पन्थी गल्ली र पराजुलीमार्गको बीच भाग हुँदै गाडेर्न पछाडि गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेका छौँ,’ उनले भने। किनमेललगायत कामका लागि बहुसंख्यक पोखरेलीलाई पायक पर्ने चिप्लेढुंगा इलाकामा क्याफे दी गाडेर्नमा जस्तो पार्किङ सुविधा अन्त नरहको उनको दाबी छ।
गाडेर्नमा बर्थ डे, विवाह र ब्रतबन्ध र चाडपर्वका पार्टी, सेमिनार, तालिमलगायत विविध कार्यक्रम गर्न १ सय ५० क्षमताको हल रहेको र आगामी दिनमा ५ सय क्षमताको हल निर्माण गर्ने योजना रहेको समेत जनाइएको छ।
७० लाखको लगानीमा सेवासत्कार र खानाको हाइजिनलाई प्राथमिकतामा राखिएको संचालकद्वय अर्जुन गिरी र विजय लम्सालले सुनाए ।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९