झिर्झिका पशुपालन समूहमा दाहाल

पढेलेखेका कृषिमा लाग्ने बेला आयोः कृषि मन्त्री

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
ghigherka pashu palen hemja photo_Fotor

हेमजा, ३० पुस। पोखरा–२५, हेमजा, फलामेखेतस्थित झिर्झिका पशुपालन समूहको सोमवार सम्पन्न दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले पुनः इन्द्रप्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा रमेश अधिकारी, सचिवमा रामप्रसाद अधिकारी, कोषाध्यक्षमा नारायणी अधिकारी तथा सदस्यहरुमा भोजराज अधिकारी, मानकुमारी अधिकारी र शोभा अधिकारी रहेका छन।

कृषि सञ्जाल पोखरा महानगरपालिकाका प्रमुख धर्मराज बास्तोला संयोजक तथा वडा सदस्य जितबहादुर कार्की सदस्य रहेको निर्वाचनमण्डलले दुईवषे कार्यकालका लागि सर्वसम्मत समिति चयन गरेको हो।

कार्यक्रम उद्घाटन गदै गण्डकी प्रदेशका भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्री लेखबहादुर थापामगरले पुरानै शैलीबाट नेपालमा कृषिक्रान्ति सम्भव नभएको औँल्याउँदै क्रान्तिका लागि पढेलेखेका मानिस पनि कृषि पेशामा लाग्नुपनेर्मा जोड दिए।

मन्त्री थापामगरले बिनासीप पुरानै ढंगले कृषि पेशा अगाल्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको तर्फ संकेत गदै कृषि विषय पढ्न र आफ्नै देशमा योगदान दिन युवा वर्गमा आग्रह गरे। पढेलेखेका मानिस पनि बिनाहिचकिचाहट कृषि पेशामा आवद्घ हुँदा उनीहरुको इज्जत झनै बढ्ने र देशले चाँडै नै समृद्घिको लक्ष्य हासिल गर्ने उनको तर्क थियो।

मन्त्री थापामगरले किसानलाई सम्मान गर्ने नीति प्रदेश सरकारको रहेको प्रष्ट पादै कृषि उपजको उत्पादन सँगसँगै बजारीकरणमा पनि ध्यान दिन सुझाव दिए।उनले किसानलाई ठूलो परिणाममा कृषि उत्पादन गर्न, हेमजा आलुका लागि प्रख्यात भएकाले त्यसको उत्पादनमा जोड दिन, जग्गा बाँझो नराख्न पनि अनुरोध गरे।

प्रदेश सरकार आगामी ३ वर्षमा कृषि उपजमा आत्मनिर्भर बन्न तथा ५ वर्षभित्र दोब्वर उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उनको भनाइ थियो।

प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले हिजो किसान प्रति जवाफदेही राज्य नभएका कारण कृषि पेशाले फड्को मार्न नसकेको जनाउँदै आज त्यस्तो अवस्था नरहेको दाबी गरे। आमनेपाली नागरिकले श्रम गनेर्को सम्मान गर्नुपर्ने पनि उनले बताए।

हिजोको जस्तो कृषिलाई सोच्ने तरिका, कार्यशैली र व्यवस्थापनमा परिवर्तन नगरे अझै पनि कृषि क्रान्ति सम्भव भएकोतर्फ सचेत गराउँदै सांसद बरालले हेमजावासीले कोल्ड स्टोर निर्माणमा पनि तदारुकता देखाउनुपर्ने जनाए।

गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले प्रदेश सरकारले किसानको आम्दानी आधारमा उनीहरुको वर्गीकरण गरेको बताउँदै जग्गा चक्लाबन्दी गरी सहकारी मार्फत व्यावसायिक कृषि पेशा अगाल्न झिर्झिकावासीसँग अनुरोध गरे।

कार्यक्रममा बहुउद्देश्यीय किसान सहकारीका अध्यक्ष धर्मराज बास्तोला, हिमशिखर दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, वडा सदस्य जितबहादुर कार्की, गल्फ रिटायर कृषि फर्मका संचालक ओमप्रकाश अधिकारी, महिला सञ्जाल हेमजाकी अध्यक्ष रमा त्रिपाठी लगायतले पनि भनाइ राखेका थिए।

उनीहरुले किसानलाई उधमशीलतातर्फ जोड्नुपर्ने, बजार व्यवस्थित गर्नुपर्ने, वास्तविक किसानलाई राज्यले सहुलियत दिनुपर्ने, कृषि विमामा जोड दिनुपर्ने, बिचौलियालाई रोक्नुपर्ने, गोठदेखि ओठसम्म पुग्ने उत्पादनलाई सुरक्षित गर्नुपर्ने, भूगोल अनुसारको कृषि पेशा अगाल्नुपर्ने, समूहमा सेयर सदस्य बढाउन पहल गर्नुपर्ने लगायतका सुझाव दिए।

समूह अध्यक्ष इन्द्रप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समूहका सदस्य अग्निधर अधिकारीले स्वागत तथा संचालन समूहका शुभचिन्तक पत्रकार परशुराम अधिकारले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width