पोखरा, ३० पुस । साहित्य, कला समाजसँग जोडिएन भने त्यसको सार्थकता कम हुन्छ । साहित्य, नाटक, संस्कृतिलाई समाजले सघाउनै पर्छ । पोखराका तन्नेरी रंगकर्मीले नाटक मञ्चन गरेर त्यसबाट संकलित रकमबाट वृद्धाश्रमलाई सहयोग गरेका छन् । ओथेलो नाटक समूह पोखराले पुस ६ र ७ गते पोखरा वृद्धाश्रमको सहयोगार्थ नाटक ‘जयगान’ मञ्चन गरेको थियो ।
समूहका अध्यक्ष आशीष अधिकारी, लेखक कृष्ण उदासी र रंगकर्मी हेमन्त हितैषीलगायतले पोखरा वृद्धाश्रम सीतापाइलामै पुगरे वृद्धाश्रम अध्यक्ष टीकाबहादुर भण्डारी र सहसचिव बुद्धिप्रसाद पौडेललाई १० हजार रुपैयाँ प्रदान गरे । समूहले लेखक, भेषभूषा, शृंगार, व्यवस्थापक, संगीत संयोजक, स्वंसेवक र कलाकारलाई पनि पारिश्रमिक दिएको छ ।
वृद्धाश्रमका अध्यक्ष भण्डारीले सामाजिक चेतनासहित नाटक मञ्चन गरी वृद्धाश्रमलाई सघाउने सराहनीय भएको बताए । नाटककार कृष्ण उदासीले ओथेलोले मञ्चन गरेको ‘जयगान’ पोखरामा पहिलो नाटक मञ्चन भएको प्रयोगवादी नाटक भएको बताए । उनले भने, ‘जयगान’ जति जटिल छ, त्यति सहज तरिकाबाट निदेर्शन र अभिनय गरेर यो टिमले जति न्याय दियो । त्यसबाट म सन्तुष्ट छु ।’
ओथेलोका अध्यक्ष आशीष अधिकारी नेपाल नाटकलाई व्यवसायिक र स्तरिय बनाउन समूह प्रतिवद्ध रहेको बताए । उनले समाजलाई रंगमञ्चसँग जोडेर नेपाली नाटकको श्रीवृद्धिमा लाग्ने संस्थाको उद्देश्य भएको बताए । अधिकारीले ‘जयगान’ निदेर्शनसहित अभिनयसमेत गरेका थिए ।
ओथेलोका सचिव सबु पाठक कलाकारलाई रंगमञ्चले नै बचाउन सक्ने परिस्थिति निर्माण हुँदै गएको बताइन् । दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको उल्लेख गदै उनले रंगमञ्चमा समूह निरन्तर क्रियाशील रहने प्रतिवद्धतासमेत गरिन् ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९