पोखरा, ३० पुस।एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले आ.व.२०७४/०७५ को मुनाफावाट आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात् कायम हुने कुल चुक्ता पुँजीको १:१.५ दरले हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए।
सभामा सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो।
सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मत पारित गरिएको बताइएको छ।
साधारण सभामा संस्थाका संचालक गोविन्द घिमिरेले एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको भावी योजना बारे प्रकाश पारेको संस्थाका निमित प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले बताए।
पोखरा–२५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले देशका ५४ वटा जिल्लामा १०० वटा शाखा कार्यालय स्थापना गरी लघुवित्तीय सेवा प्रदान गदै आएको छ।
एनएमबि बैकको सहायक कम्पनीका रूपमा रहेको यस वित्तीय संस्थाको हाल करीव रु २ अर्व ५१ करोड कर्जा लगानी र निक्षेप करीव रु ८५ करोड रहेको निमित प्रमुख कार्यकारी अधिकृत राम प्रसाद मिश्रले बताए।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९