पोखरा, २९ पुस। कास्कीका निर्माण व्यवसायीले विकास निर्माणका काममा उपभोक्ता समितिलाई देखाएर बिचौलिया प्रवेश गराएको आरोप लगाएका छन्।
पोखरामा शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले बिचौलिया प्रथाले विकास निर्माणमा गुणस्तरहीन काम भैरहेको गुनासो गरे।
‘पोखरा महानगरबाहेक कुनै पनि स्थानीय तहले भौतिक पूर्वाधार विकासको काममा बोलपत्र र दरभाउपत्र प्रकाशन गरेका छैनन्। स्थानीय सरकारमात्रै होइन, केही सरकारी कार्यालयले समेत अपारदर्शी ढंगले ठूला र संवेदनशील स्ट्रक्चर निर्माणका लागि उपभोक्ता समितिको नाममा बिचौलिया परिचालन गरिरहेका छन्,’ उनीहरुको सामूहिक भनाइ छ, ‘यसले विकास निर्माणको गुणस्तर नहुने र कमिसनतन्त्र पनि बढेको छ। जसका कारण राज्यको नोक्सानीसँगै जनप्रतिनिधिकै भूमिकामाथि पनि प्रश्नचिन्ह खडा भैरहेको छ।’
उनीहरुले जिल्लाभित्रै जिल्लाको दररेट आधारमा नदीजन्य सामग्री उत्खनन् गर्न पाउनुपर्ने माग पनि राखेका छन्। नयाँ संरचनाका कारण निर्माण व्यवसायीले इजाजतपत्र नवीकरणमा समेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे। ‘पुरानो संरचनामा जिल्ला विकास समितिबाट इजाजतपत्र वितरण र नवीकरण हुँदै आएको थियो। नयाँ संरचनामा यो व्यवस्था स्थानीय तहमा पुगेको छ,’ नेपाल निर्माण व्यवसायी संघ कास्की अध्यक्ष सुरेश श्रेष्ठले भने, ‘स्थानीय तहमा फरक–फरक र झन्झटिलो मापदण्ड राखिएकोले नवीकरण गर्न गाह्रो भैरहेको छ। समयमै यसको संशोधन नगरिए ‘घ’ वर्गका सबै व्यवसायीको इजाजतपत्र नवीकरण नभई स्वतः खारेज हुने अवस्था आएको छ।’
नयाँ संरचनापछि यसअघि सञ्चालन हुँदै आएको बहुवर्षीय क्रमागत आयोजना बिलिन गरिएको उनले बताए। ‘क्रमागत आयोजना रातो किताबबाटै हराए। केही समेटिएका आयोजना पनि कसले कार्यान्वयन गर्ने स्पष्ट छैन,’ उनी भन्छन्, ‘अघिल्लो वर्षहरुमा काम सकिएका आयोजनाको रकम पनि व्यवसायी पाएका छैनन्। हामी निकै मारमा छौं।’
श्रेष्ठका अनुसार यसअघि काम सकिएका आयोजनामा डिभिजन सडक कार्यालयबाट ३० करोड र साविक जिल्ला प्राविधिक कार्यालयबाट ९ करोड रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी हुन बाँकी छ। समयमै आफ्ना माग सम्बोधन नभए महासंघ मार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए।
यसैबीच, संघले आइतबार ३२ औं स्थापना दिवस मनाउन लागेको छ। संस्था स्थापना भएको ३२ वर्ष पूरा भएको अवसरमा आइतबार बिहान रक्तदान कार्यक्रम राखिएको संघका सचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। त्यस्तै, स्थापना दिवस अवसरमा शुक्रबार पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई एक छाक खाना खुवाइएको थियो।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९